काठमाडौं- बुधबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) उपत्यकामा गरिखाने वर्गलाई कोरोना संक्रमणको भन्दा पनि निषेधाज्ञामा भोकै परिने डर, जोखिम मोलेरै भएपनि गृहजिल्ला फर्किनेहरुको लर्को, कोरोना जोखिम कम भएपछि पुनः काठमाडौं आउने योजना।
२) गण्डकी प्रदेशमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि नै प्रदेश सभा बैठक स्थगित, हराएका सांसदको जीवन रक्षाको माग गर्दै जनमोर्चाले दियो सभामुखलाई निवेदन।
३) अत्यावश्यक वस्तु तथा सेवाको सहज आपूर्तिका लागि सरकारले बनायो र्यापिड रेस्पोन्स टीम, ढुवानी र आपूर्तिमा सहजीकरण गर्न सम्पर्क व्यक्ति पनि तोकियो।
४) नयाँ दिल्लीमा सार्वजनिक पार्कमा अस्थायी शवदाह स्थल निर्माण, संक्रमण बढ्ने दरमा कमी नआएकाले मेडिकल अक्सिजन, केयर युनिट र अन्य जीवन रक्षक औषधिको समेत अभाव।
५) र, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टी २० वरीयतामा कुशलको फड्को, एक सातमै ३२ स्थान माथि उक्लिए, गत साता पहिलोपटक ब्याटिङको वरीयतामा परेका कुशल ६१ औं स्थानमा।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।