काठमाडाैं–बलिउड अभिनेता राजकुमार रावले अहिलेसम्मकै बढी पारिश्रमिक लिएर फिल्म साइन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
रावले नेटफ्ल्क्सिले निर्माण गर्न लागेको फिल्म ‘मोनिका, ओ माई डार्लिङ’ नामक फिल्ममा १५ करोड पारिश्रमिक लिएको बताइएको छ।
नायक राजकुमार राव र नायिका हुमा कुरेसीको मुख्य अभिनय रहने फिल्म श्रीराम राघवनकाे निर्देशनमा बन्न लागेकाे हाे।
बलिउडमा सफलताको शिखर चढिरहेका राजकुमारको अभिनय अब्बल मानिन्छ।
उनले अभिनय गरेको फिल्मले व्यावसायिक सफलता पनि हात पार्छ। उत्कृष्ट कथावस्तुमा काम गर्ने नायकका रुपमा चिनिएका राजकुमारको ‘हम दो दोबारा’ र ‘बधाई दो’ प्रर्दशनका क्रममा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।