काठमाडौं– जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरुको बैठक सकिएको छ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको जसपा अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए। यादवले एक दुई दिनमा पुनस् बैठक बस्ने बताए।
बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए। बैठक चलिरहँदा संघीय परिषद् अध्यक्ष डा भट्टराई बाहिरिएका थिए। नियमित स्वास्थ्य जाँचका लागि उनी वीर अस्पताल गएका थिए।
जसपामा पछिल्लो समय दुई धार देखिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गर्ने कि नेपाली कांग्रेस, माओवादी केन्द्रसँग गठबन्धन गरेर अघि बढ्ने भन्नेमा दुई धार देखिएको हो।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली सरकारकै पक्षमा देखिएका छन् भने डा भट्टराई र उपेन्द्र यादव तीन दलबीचको गठबन्धनको पक्षमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।