काठमाडौँ– नेकपा कर्णाली प्रदेश संसदीय दलको नेतामा मंगलबहादुर शाही चयन भएका छन् ।
आज बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेश सभा सदस्य शाहीलाई मतको आधारमा बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो ।
कर्णाली प्रदेश सभामा नेकपाको संसदीय दलले नयाँ नेतृत्व पाएको छ। पार्टीभित्र लामो समयदेखि चलिरहेको दलको नेता चयनको प्रक्रिया आज टुंगिएको हो।
नेताको दाबी गर्दै आएका विन्दमान विष्ट र दुर्गाबहादुर रावतसँग सहमति नजुटेपछि मतदानमार्फत निर्णय गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।