काठमाडौं– पछिल्लो राजनीतिक अवस्थालगायत विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले स्थायी समिति बैठक बोलाएको छ।
बैठक आज दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्दै छ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली सरकारविरुद्ध मोर्चाबन्दीमा उत्रिएको माओवादी केन्द्रको आकस्मिक बैठकलाई चासोका साथ हेरिएको छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने नेता देवेन्द्र पौडेलले बताए।
बैठकले अन्य दलसँग गरेको सत्तासमीकरण तथा सरकारलाई दिएको समर्थनबारे पनि निर्णय गर्न सक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।