काठमाडौं– जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई पार्टी पदाधिकारी बैठकबाट बाहिरिएका छन्।
वर्तमान राजनीतिक निकासका लागि छलफल गर्न मंगलबार(आज) जसपाको पदाधिकारी बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ।
बैठक जारी रहँदा अध्यक्ष डा भट्टराई बैठकबाट बाहिरिएका हुन्।
नियमित स्वास्थ्य जाँचका लागि अस्पताल जानुपर्ने भएका कारण बैठकबाट बाहिरिएको भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले नेपाल लाइभलाई जानकारी दिए।
भट्टराईको पेटमा समस्या देखिएसँगै केही समययता उनी उपचार गराइरहेका छन्। त्यसै क्रममा उनी स्वास्थ्य जाँचका लागि फागनु १० गते भारत गएका थिए।
‘भारत गएपछि इन्डाक्राइनको ट्युमर लोकेट भएको थियो त्यसको अपरेशन बाँकी छ’, पोखरेलले भने,‘अहिले वीर अस्पतालमा प्री टेस्ट भइरहेको छ अब एक दुई दिनमा भर्ना हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।