फाइल तस्बिर
स्याङ्जा–वालिङ–१२ सिर्सेकोटमा कोरोना संक्रमणबाट मृत्यु भएकाको परिवारमा थप ७ जनालाई कोरोना संक्रमण देखिएको छ।
बैशाख ११ मा ५८ वर्षीय एक पुरुषको संक्रमणले मृत्यु भएको थियो। सोमबार गरिएकाे परीक्षणमा मृतकका परिवारका अन्य सदस्यलाई पनि संक्रमण देखिएको वालिङ–१२ का वडाअध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए।
उनको परिवारका सात जना सहित अन्य दुईलाई संक्रमण देखिएको छ। ‘७ जना एउटै परिवारका भएकाले उनीहरु घरमै बसेका छन्,’ वडाअध्यक्ष गुरुङले भने, अरु दुई जना गाडी चालक रहेछन्।’
मृतकका एक छाेरा १० दिनअघि नेपाल फर्केको बताइएको छ। उनी भारतीय सैनिकमा कार्यरत छन्।
वडामा संक्रमण देखिएपछि आवातजावतमा कडाइ गरिएको वडा अध्यक्ष गुरुङले जानकारी दिए।
सोही वडामा रहेको प्रसिद्ध अकाला मन्दिरमा पूजाआजामा पूर्ण प्रतिबध लगाइएको छ। वालिङबाट धार्मिक कार्यका लागि भारतको हरिद्वार गएर फर्किएका चार जनालाई पनि संक्रमण देखिएको वालिङ नगरपालिकाका मेयर दिलिप खाँडले जानकारी दिए। संक्रमण बढेपछि मंगलबारदेखि विद्यालयसमेत बन्द गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।