काठमाडाैं- जनता समाजवादी पार्टी (जसपा) को पदाधिकारी बैठक बसिरहेको छ। वर्तमान राजनीतिक निकासका लागि छलफल गर्न बैठक जारी रहेको जसपाका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिएका छन्।
बैठक पार्टी कार्यालय बालकुमारीमा बसिरहेको छ।
यसअघि स्थगित हुँदै आएको कार्यकारिणी समितिको बैठक पनि आजै बस्ने उनले जानकारी दिएका छन्।
'वर्तमान राजनीतिक निकासका लागि जसपाका ६ जना पदाधिकारीको बैठक जारी, अस्तिदेखि स्थगित कार्यकारिणीको बैठक आजै, भोलि बसी निर्णय गर्नका लागि!,' उनले ट्विटरमा लेखेका छन्।
बैठकमा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोककुमार राई र राजेन्द्र महतो तथा केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ सहभागी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।