वीरगञ्ज– वीरगञ्जमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका र बाराका गरि दुई जना संक्रमितको मंगलबार विहान मृत्यु भएको हो।
अस्पतालका कोभिड कोअर्डिनेटर डा सरोज रोशन दासका अनुसार बारको जीतपुर सिमरा उपमहानगरपालिका २ की ४० वर्षीया महिनाको अस्पतालमा मंगलबार विहान साढे १ बजे मृत्यु भएको हो।
उनी वैशाख ९ गते अस्पताल भर्ना भएकी थिइन् । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनका कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यस्तै वीरगञ्ज महानगरका–२५ की ६५ वर्षीया संक्रमित महिलाको आजै विहान ३ बजे मृत्यु भएको हो । निमोनियाले ग्रसित उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।