• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

लयमा नेपाली क्रिकेट : ‘वाट्मोर प्रभाव’ देखिएकै हो?

64x64
दीप सुवेदी सोमबार, वैशाख १३, २०७८  ०६:५०
1140x725

कुरा गत माघ ८ गतेको हो।

रोयल सिंघी होटलमा चार दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि नेपाली पत्रकारमाझ साक्षात्कारका लागि उभिएका थिए डेभ वाट्मोर। उनलाई चिनाउन पुगेका थिए नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल।

क्यानले उनलाई पुस पहिलो साता नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो, त्यो पनि खुला प्रतिस्पर्धाबाट।

एक महिना ढिलो गरी नेपाल आइपुगेका वाट्मोरको अनुभव भने लामै थियो। अस्ट्रेलियाका लागि सात टेस्ट र एक वानडे इन्टरनेशनल खेलेका वाट्मोर खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा बढी चर्चित थिए।

सन् १९९५ मा वाट्मोर श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि श्रीलंकाली क्रिकेटमा कायपलट भएको थियो। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमको छबि बनाएको श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रको रुपमा चिनाए।  

वाट्मोर प्रशिक्षक नियुक्त भएको वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएको विश्वकपको उपाधि जितेको थियो। उनले ओपनरद्वय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जोडीको रुपमा प्रशिक्षित गरेका थिए। 

वाट्मोर आउँदा नेपाली क्रिकेट टोलीको बलिङ राम्रो थियो। लेग स्पिनर सन्दीप लामिछाने प्रायः सबै देशको फेन्चाइज प्रतियोगिता खेलेर निखारिइसकेका थिए। यस्तै, करण केसी र सोमपाल कामीले पनि स्थान बनाइसकेका थिए, युएईमा भएको टी१० लिगमा ।

Ncell 2
Ncell 2

नेपाललाई खाँचो थियो त जमेर खेल्ने ब्याट्स्म्यान, त्यसमा पनि ओपनिङ जोडीको। नेपालको ओपनिङ जोडी खासै जम्न सकेका थिएनन्। तर, पूर्वप्रशिक्षकहरुले कहिले सागर पुन र कप्तान ज्ञानेन्द्र मल्ल त कहिले सागर पुन र सुवास खकुरेललाई ओपनर जोडीको रुपमा प्रयोग गरिरहेका थिए भने कहिले अनिल मण्डललाई। 

तर, नेपालको ओपनिङ लाइन नै कमजोर थियो। बाँकी माथिल्लो क्रमका ब्याट्सम्यानमाथि टोली पुरै निर्भर हुने भएका कारण दबाबमा नेपाली टोलीले खेलमा सोचेअनरुप प्रदर्शन गर्न सकिरहेको थिएन।

वाट्मोरलाई भित्र्याउँदा एउटै आशा थियो, ब्याटिङ लाइनअप सुधार। नेपाली खेलप्रेमी  जयसूर्या र कलुविथराना जस्तै आक्रामक जोडी वाट्मोरले प्रशिक्षित गर्छन् भन्ने आशमा थिए। 

त्यस्तै, जोडीको पनि खाँचो थियो नेपाललाई। जब नेपाली खेलकुद पत्रकारमाझ उनलाई क्यानले परिचय गराउन खोज्यो, उनको नालिबेली सबैले थाहा पाइसकेका थिए। पत्रकारलाई खोध्नु थियो त उनको अबको योजना।

उनलाई क्यानले एक वर्षको लागि मात्रै अनुबन्ध गरेको हो। खेलमा एक वर्ष भनेको निकै छोटो समय हो। त्यो पनि क्रिकेटमा। 

छिमेकी देशमा हुने हो भने त यो समय काफी हो प्रशिक्षकलाई। त्यहाँ अन्तर्राष्ट्रिय खेलदेखि फ्रेन्चाइज प्रतियोगिताहरु पर्याप्त भइरहेका हुन्छन्। अझ भनौं, वर्षमा करिब ९ वा १० महिना खेलाडी खेलमै व्यस्त हुन्छन्। 

नेपालको क्रिकेट संरचना ध्वस्त छ। न गतिलो क्रिकेट मैदान न त बजेट नै। यहाँ सामान्य प्रतियोगिता सञ्चालन गर्नसम्म समस्या छ। अझ भनौं, वर्षायाममा त यहाँ क्रिकेट प्रतियोगिता आयोजना गर्न नै सकिँदैन। 

बजेट नै हुने हो भने नेपालमा करिब ५ वा ६ महिना मात्रै खेल खेलाउन सकिन्छ, मैदानको अवस्था हेर्ने हो भने। बाँकी समय भनेको खेलाडी आफैले इन्डोर प्रशिक्षण गर्ने हो। त्यसैले प्रशिक्षक वाट्मोरको योजना सुन्न सबै तम्तयार थिए। 

नेपाल सन् २०१४ मा टी२० विश्वकप खेलिसकेको टोली भएकाले उनलाई सोधिने प्रश्न त्यहीँबाट शुरु भए– के नेपाललाई फेरि विश्वकपमा पुर्याउन सक्नु हुन्छ?

‘कुन दिन विश्वकप पुग्छौं भन्ने वाचा म गर्दिनँ। त्यहाँ पुग्न नेपालजस्तै धेरै देशले प्रयास गरिरहेका छन्। एसोसियट राष्ट्रका लागि त्यहाँ पुग्नु ठूलो चुनौती छ। तर, सपना नदेखेसम्म, उच्च ठाउँमा पुग्ने उत्साह नबोकेसम्म हामी त्यहाँ पुग्दैनौं,’ उनको जवाफ थियो। 

उनले यस्तो भनिरहँदा अगाडि रहेका केही पत्रकार कानेखुशी गर्दै भन्दै थिए– सबैले यसै भन्छन्। सबैको सपना उही हुन्छ। पुरा गर्ने पो कसले?

तर, वाट्मोरसम्म यो आवाज पुग्ने अवस्था थिएन। उनले आफ्नो योजना सुनाइरहे। सन् २०१८ मार्च १५ मा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

नेपालले पाएको मान्यता सन् २०२२ मा सकिँदै थियो । तर, कोरोना महामारीको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मका लागि आईसीसीले मान्यता थप गरेको थियो। 

नेपालले यस अवधिमा १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसमा पनि नेपालको सुखद् यात्रा भने थिएन। नेपालले ५ जित र ५ खेलमा हार ब्यहोरेको थियो। 

त्यसैले पत्रकारहरुले प्रश्न गरे, के नेपालले ओडीआई रिटेन गर्छ?

उनले भने, ‘नेपाल ओडीआई देश हो, आशा छ त्यो हामी रिटेन गर्छौं।’ फेरि कानेखुशी सुरु भयो पत्रकारमा। 

उनी त्यसबेला टीम सम्हालन आएका थिए जुनबेला नेपाललगायत विश्व कोरोना महामारीको चपेटामा थियो। पूर्वनिर्धारित प्रतियोगिताहरु भटाभट सर्दै थिए। 

घरेलु प्रतियोगिता पनि कोरोनाकै कारण भटाभट स्थगित भए। जस्तो कि, एभरेष्ट प्रिमियर लिग (ईपीएल)। कुनै बेला घरेलु प्रतियोगिता बलियो बनाउन भनेर जमैकन खेलाडी क्रिश गेलसम्म ल्याउने चर्चा चलेको थियो क्रिकेट जगतमा। तर, त्यो पूरा हुन सकेन। वाट्मोर यही समयमा आइपुगेका थिए नेपाल। 

‘आजदेखि मेरो कार्य सुरु भएको छ। अगाडि धेरै काम गर्नुछ। त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु,’ उनले भनेका थिए त्यसबेला।

ठिक ३ महिनापछि नेपालले नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी२० क्रिकेट सिरिजको उपाधि हात पारेको छ। नेपालले घरेलु मैदानमा उपाधि उचालेको यो ११ वर्षपछि हो। पछिल्लो समय त्रिवि क्रिकेट मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आईसीसी डिभिजन ५ को उपाधि जितेको थियो नेपालले।

नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आईसीसी वल्र्ड टी२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो। सन् २०१९ जुलाईमा मलेसियासँग दुई टी२० सिरिजमा क्लिनस्विप गरेको थियो। २०१९ को सुरुवातमै यूएईसँगको तीन टी२० आई सिरिज २–१ ले जितेको थियो। नेपालले त्रिकोणात्मक सिरिज जितेको भने यो नै पहिलो पटक हो।

सिरिजमा नेपालको यात्रा

नेपालले यो प्रतियोगितामा लिग चरणका ४ मध्ये ३ खेलमा जित हात पार्याे भने एक खेलमा हार व्यहोरेको थियो। लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो। 

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित हुन पुग्यो। अर्को टोली मलेसियालाई भने पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो।

नेपालले फाइनलमा नेदरल्याण्ड्सविरुद्ध १४२ रनको जित हात पारेको थियो जुन टी२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

मध्यम जोडी
नेपालले यो सिरिजबाट आशलाग्दा दुई ओपनर केही हदसम्म जन्माएको छ, कुशल भुर्तेल र आरिफ शेख।

युवा ब्याट्सम्यान भुर्तेलले कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए। यता, शेखले पनि ५ खेलमा एक अर्धशतकसहित १५४ रन बनाए। जुन नेपालका लागि राम्रो सन्देश हो।

इनिङ ओपनिङमा समस्या ड्रेसिङ रुमको स्थायी टाउको दुखाईजस्तै बनिसकेको थियो। कनिष्क चौगाईंले खेल्न छाडेपछि नेपाली क्रिकेटमा उनको अभाव खट्किरहेको थियो। जब नेपाली टोलीका ओपनरले रन बनाउन सक्दैनन्, तब क्रिकेटप्रमी सम्झन्छन् कनिष्कलाई ।

थुप्रै विकल्प प्रयोग गरियो तर, समस्याले पार पाउन भने सकेन। नेपालले सुनील धमला, नरेश बुढाऐर, सुवास खकुरेल, महेश क्षेत्री, कप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई प्रयोग नगरेको होइन। तर, सोचेअनुरुप प्रतिफल भने प्राप्त गर्न सकेन। 

यो प्रतियोगितमा भने नेपालले राम्रो ओपनर पाएको अनुभूति भएको छ। जारी प्रतियोगितामा भुर्तेल र शेखबीच राम्रै जोडी जम्यो।

अब भने विस्तारै ओपनिङको समस्या समाधानउन्मुख भएको संकेत देखिन थालेको छ। डेब्यू खेलमै ओपनरद्वय भुर्तेल र शेखले टी२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाए।

उनीहरुले डेब्यू खेलमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए। 

यसअघि डेब्यू खेलमा टी२० आईमा दुई खेलाडीले बनाएको उच्च रन ९० रन थियो। मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए। 

जुन साझेदारी कुशल र आसिफले तोडेका हुन्। तेस्रो स्थानमा दक्षिण अफ्रिकाका ग्राहम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटका लागि नेपालबाट टी२० आईमा बनेको यो हालसम्मकै उच्च साझेदारी हो।

पारस खड्का र ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए। टी२० आईमा डेब्यूमा नेपालबाट अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो र शेख तेस्रो खेलाडी बने। यसअघि सन्दीप जोराले यूएईविरुद्ध डेब्यू गर्दै ५३ रन जोडेका थिए।

नेपालले पहिलो खेलमा मात्रै होइन दोस्रो खेलमा पनि सानदार जित हार पार्यो। यो जितको श्रेय जान्छ उनै दुई ओपनर भुर्तेल र शेखलाई। दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको जित हात पार्दा उनीहरुले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। जुन लगातार दोेस्रो शतकीय साझेदारी थियो।

यसअघि सन् २०१० मा केन्याका ओपनर डेविड ओबुया र स्टिभ टिकलोले स्कटल्यान्ड र युगान्डासँगको खेलमा ओपनिङ गर्दै दुई शतकीय साझेदारी गरेका थिए। 

स्कटल्यान्डविरुद्ध उनीहरुले १ सय १० र १ सय २६ रनको दुई शतकीय साझेदारी गरेका थिए। तर, ती खेल लगातार भने थिएनन्। स्टिभले यी दुई खेलबीच भएको युगान्डाविरुद्धको एक खेलेका थिएनन्। 

तर, तेस्रो खेलमा नेदरल्यान्ड्ससँग भूर्तेल र शेखको जोडी जम्न सकेन। दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर भिभिन किंगमाको बलमा शेख मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट हुन पुगेका थिए। तर, भूर्तेलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको योगदान दिए।

चौथो खेल अर्थात् मलेसियाविरुद्धको खेलमा पनि यी जोडी जम्न भने सकेनन्। भूर्तेल १६ रनमै आउट भएका थिए भने शेख जमेर खेले। शेखले ३२ बल खेल्दै ३ छक्का र त्यत्ति नै चौकामा ४२ रन जोडे। तर, उनको जोडी कप्तान मल्लसँग जमेको थियो। 

मल्लले शेखसँग ७३ रनको साझेदारी गरेका थिए। फाइनल खेलमा पनि उनीहरु बीच ३० रनको साझेदारी भएको थियो। भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन बनाएका थिए। मल्ल र उनले ५७ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

ब्याटिङ सुधारको श्रेय प्रशिक्षकलाई 

नेपालले सिरिजमा ५ खेलमा  ब्याटिङमा उच्च प्रदर्शन गरेको थियो। पछिल्ला तीन खेलमा २ सयमाथि रन बनाएको छ। ब्याटिङ सुधार हुनुमा यसको श्रेय प्रशिक्षक वाट्मोरलाई जाने बताउँछन् शेख।

‘उहाँले हाम्रो विचार नै परिवर्तन गरिदिनु भएको छ। खेलाडीको मानसिक परिवर्तन भएको छ। ब्याटिङमा अझै सुधार गरेका छौं। अझै केही सुधार हुन सक्छ। यो सबैको श्रेय जान्छ प्रशिक्षक वाट्मोरलाई’, उनी भन्छन्।

उनले पहिलेभन्दा खेलमा सुधार आएको पनि स्वीकार गरे। ‘हाम्रो खेलमा सुधार आएको छ। राम्रो खेलेका छौं। विकेट पनि लियौं। मिहिनेत देखिएको हो। तयारी र मिहिनेत अहिले देखिइरहेको छ’, उनले भने।

यस्तै, कप्तान मल्ल पनि युवा खेलाडी र प्रशिक्षककै कारण खेलमा सुधार आएको बताउँछन्।

‘टोलीमा धेरैजसो युवा खेलाडी थिए। उनीहरुले राम्रो खेल खेले। युवा खेलाडीलाई मौका र प्रशिक्षण दिने हो भने उत्कृष्ट खेल्न सक्छन् भन्ने प्रमाणित भएको छ। यो सिरिजमा कुशल, आरिफ र सन्दीपले उत्कृष्ट खेल देखाए’, उनी भन्छन्।

उनले प्रशिक्षककै कारण खेलमा सुधार आएको पनि बताए। 

‘सबै खेलमा हामीले राम्रो रन बनायौं। कुनै पनि कमजोर खेलेका छैनौं। एक दुई वटा गल्तीले गर्दा नेदरल्यान्ड्ससँग हारेका थियौं। उपाधि जित्नुभन्दा पनि हामीले राम्रो क्रिकेट खेल्यौं, यसैमा सन्तुष्ट छु’, ज्ञानेन्द्रले भने।

उनले यो जितसँगै खेलमा भविष्य बनाउने सोच बनाएकालाई पनि प्रेरणा थपिने बताए। 

‘पाएको मौकालाई राम्रोसँग सदुपयोग गर्ने हो भने युवा खेलाडीले नेपाली क्रिकेटलाई योभन्दा अझ माथि पुर्याउन सक्छन्। आगामी दिनमा यो नेपाली क्रिकेटलाई एउटा राम्रो सन्देश हो,’ उनले भने।

अबको चुनौती

प्रशिक्षक वाट्मोरको चुनौती भनेको यही लयलाई कायम राख्नु हो। अब उनको मुख्य ध्यान २०२२ मा अष्ट्रेलियामा हुने टी२० विश्वकप हो। टी२० विश्वकपको नेपालले २०२२ फेब्रुअरीमा सिधै ग्लोबल छनोट खेल्दैछ। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सोही चार टोलीमा पर्नसके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

यता, आईसीसीले तय गरेको लिग ९२ को नयाँ खेल तालिकाअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ।

लिगका नौ वटा सिरिजमध्ये नेपालले गत वर्ष घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। लिग–२ मा नेपालसहित नामिबिया, ओमन, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

लिग–२ का उत्कृष्ट ३ टिम आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

लिग ९२ ले विश्वकप छनोट मात्र नभएर एकदिवसीय मान्यताको पनि टुंगो लगाउनेछ। तर, घरेलु प्रतियोगितमा कोरोना बाधक बनेको छ। अहिले आयोजना भएको सिरिज पनि दर्शक बिना खेलाइएको थियो। 

यस्तो अवस्थामा नेपाली टोलीले जुन उचाइ पाएको छ त्यो कायम राखिरहन सजिलो छैन। अझ भनौं, खेलाडीको लय। खेलाडीको खेलमा सुधार आउने भनेको प्रतियोगिता खेलेर हो। जुन नेपालमा अब कहिले आयोजना हुने हो अत्तोपत्तो छैन। 

त्यसैले यही लयलाई कायम राख्न निरन्तर खेल खेलाउनु पर्ने बताउँछन् कप्तान मल्ल।

‘कोरोना महामारी हाम्रो हातमा छैन । राम्रो प्रतिस्पर्धा भएको खेल भइराख्ने हो भने राम्रो हुन्छ। ब्याटिङले जुन लय समाएको छ त्यसलाई निरन्तर खेल चाहिन्छ। निरन्तर खेल हुँदा खेलाडीको मनोबल पनि उच्च हुन्छ’, उनले भने।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
क्रिकेट खेलाडी मिनष थापाको मोटरसाइकल दुर्घटनामा मृत्यु बुधबार राति विराटनगर–४ स्थित एयरपोर्ट लाइनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । बिहीबार, पुस १०, २०८२
महिला टी-२० विश्वकप छनोटको समूह र खेलतालिका सार्वजनिक नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार खेलतालिका सार्वजनिक गरेको हो। मंगलबार, पुस ८, २०८२
टी-२० विश्वकप ग्लोबल छनोटका लागि क्यानले बन्द प्रशिक्षणमा बोलायो २० खेलाडी क्यानले बुधबार २० खेलाडीलाई दोस्रो चरणको बन्द प्रशिक्षणका लागि बोलाएको हो । बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
कांग्रेस महामन्त्री शर्मा भन्छन् : विशेष महाधिवेशन डाक्दैमा पार्टी फुट्दैन शुक्रबार, पुस १८, २०८२
सुनसरी गोलीकाण्ड : छानबिन समितिले काम थाल्यो शुक्रबार, पुस १८, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
स्विट्जरल्याण्डको रिसोर्टमा आगलागी : मृतकको संख्या ४० पुग्यो शुक्रबार, पुस १८, २०८२
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै शुक्रबार, पुस १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
गगन-विश्वले विशेष महाधिवेशन आह्वान गरेपछि संस्थापन पक्षका शीर्ष नेता छलफलमा शुक्रबार, पुस १८, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्