• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

लयमा नेपाली क्रिकेट : ‘वाट्मोर प्रभाव’ देखिएकै हो?

64x64
दीप सुवेदी सोमबार, वैशाख १३, २०७८  ०६:५०
1140x725

कुरा गत माघ ८ गतेको हो।

रोयल सिंघी होटलमा चार दिन ‘सेल्फ आइसोलेसन’ मा बसेपछि नेपाली पत्रकारमाझ साक्षात्कारका लागि उभिएका थिए डेभ वाट्मोर। उनलाई चिनाउन पुगेका थिए नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द र सचिव अशोकनाथ प्याकुरेल।

क्यानले उनलाई पुस पहिलो साता नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको थियो, त्यो पनि खुला प्रतिस्पर्धाबाट।

एक महिना ढिलो गरी नेपाल आइपुगेका वाट्मोरको अनुभव भने लामै थियो। अस्ट्रेलियाका लागि सात टेस्ट र एक वानडे इन्टरनेशनल खेलेका वाट्मोर खेलाडीभन्दा पनि प्रशिक्षकका रूपमा बढी चर्चित थिए।

सन् १९९५ मा वाट्मोर श्रीलंकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षक नियुक्त भएपछि श्रीलंकाली क्रिकेटमा कायपलट भएको थियो। उनले कप्तान अर्जुना रणतुङ्गासँग मिलेर पहिले हरुवा टिमको छबि बनाएको श्रीलंकालाई एकदिवसीय क्रिकेटकै शक्तिशाली राष्ट्रको रुपमा चिनाए।  

वाट्मोर प्रशिक्षक नियुक्त भएको वर्ष दिनभित्रै श्रीलंकाले भारतमा भएको विश्वकपको उपाधि जितेको थियो। उनले ओपनरद्वय सनथ जयसूर्या र रमेश कलुविथरानालाई आक्रामक जोडीको रुपमा प्रशिक्षित गरेका थिए। 

वाट्मोर आउँदा नेपाली क्रिकेट टोलीको बलिङ राम्रो थियो। लेग स्पिनर सन्दीप लामिछाने प्रायः सबै देशको फेन्चाइज प्रतियोगिता खेलेर निखारिइसकेका थिए। यस्तै, करण केसी र सोमपाल कामीले पनि स्थान बनाइसकेका थिए, युएईमा भएको टी१० लिगमा ।

Ncell 2
Ncell 2
nimb
nimb

नेपाललाई खाँचो थियो त जमेर खेल्ने ब्याट्स्म्यान, त्यसमा पनि ओपनिङ जोडीको। नेपालको ओपनिङ जोडी खासै जम्न सकेका थिएनन्। तर, पूर्वप्रशिक्षकहरुले कहिले सागर पुन र कप्तान ज्ञानेन्द्र मल्ल त कहिले सागर पुन र सुवास खकुरेललाई ओपनर जोडीको रुपमा प्रयोग गरिरहेका थिए भने कहिले अनिल मण्डललाई। 

तर, नेपालको ओपनिङ लाइन नै कमजोर थियो। बाँकी माथिल्लो क्रमका ब्याट्सम्यानमाथि टोली पुरै निर्भर हुने भएका कारण दबाबमा नेपाली टोलीले खेलमा सोचेअनरुप प्रदर्शन गर्न सकिरहेको थिएन।

वाट्मोरलाई भित्र्याउँदा एउटै आशा थियो, ब्याटिङ लाइनअप सुधार। नेपाली खेलप्रेमी  जयसूर्या र कलुविथराना जस्तै आक्रामक जोडी वाट्मोरले प्रशिक्षित गर्छन् भन्ने आशमा थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यस्तै, जोडीको पनि खाँचो थियो नेपाललाई। जब नेपाली खेलकुद पत्रकारमाझ उनलाई क्यानले परिचय गराउन खोज्यो, उनको नालिबेली सबैले थाहा पाइसकेका थिए। पत्रकारलाई खोध्नु थियो त उनको अबको योजना।

उनलाई क्यानले एक वर्षको लागि मात्रै अनुबन्ध गरेको हो। खेलमा एक वर्ष भनेको निकै छोटो समय हो। त्यो पनि क्रिकेटमा। 

छिमेकी देशमा हुने हो भने त यो समय काफी हो प्रशिक्षकलाई। त्यहाँ अन्तर्राष्ट्रिय खेलदेखि फ्रेन्चाइज प्रतियोगिताहरु पर्याप्त भइरहेका हुन्छन्। अझ भनौं, वर्षमा करिब ९ वा १० महिना खेलाडी खेलमै व्यस्त हुन्छन्। 

नेपालको क्रिकेट संरचना ध्वस्त छ। न गतिलो क्रिकेट मैदान न त बजेट नै। यहाँ सामान्य प्रतियोगिता सञ्चालन गर्नसम्म समस्या छ। अझ भनौं, वर्षायाममा त यहाँ क्रिकेट प्रतियोगिता आयोजना गर्न नै सकिँदैन। 

बजेट नै हुने हो भने नेपालमा करिब ५ वा ६ महिना मात्रै खेल खेलाउन सकिन्छ, मैदानको अवस्था हेर्ने हो भने। बाँकी समय भनेको खेलाडी आफैले इन्डोर प्रशिक्षण गर्ने हो। त्यसैले प्रशिक्षक वाट्मोरको योजना सुन्न सबै तम्तयार थिए। 

नेपाल सन् २०१४ मा टी२० विश्वकप खेलिसकेको टोली भएकाले उनलाई सोधिने प्रश्न त्यहीँबाट शुरु भए– के नेपाललाई फेरि विश्वकपमा पुर्याउन सक्नु हुन्छ?

‘कुन दिन विश्वकप पुग्छौं भन्ने वाचा म गर्दिनँ। त्यहाँ पुग्न नेपालजस्तै धेरै देशले प्रयास गरिरहेका छन्। एसोसियट राष्ट्रका लागि त्यहाँ पुग्नु ठूलो चुनौती छ। तर, सपना नदेखेसम्म, उच्च ठाउँमा पुग्ने उत्साह नबोकेसम्म हामी त्यहाँ पुग्दैनौं,’ उनको जवाफ थियो। 

उनले यस्तो भनिरहँदा अगाडि रहेका केही पत्रकार कानेखुशी गर्दै भन्दै थिए– सबैले यसै भन्छन्। सबैको सपना उही हुन्छ। पुरा गर्ने पो कसले?

तर, वाट्मोरसम्म यो आवाज पुग्ने अवस्था थिएन। उनले आफ्नो योजना सुनाइरहे। सन् २०१८ मार्च १५ मा नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिएको थियो। जिम्बाबेमा भएको एकदिवसीय विश्वकप छनोटबाट नेपालले उत्कृष्ट ४ एसोसियट राष्ट्रको रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो।

नेपालले पाएको मान्यता सन् २०२२ मा सकिँदै थियो । तर, कोरोना महामारीको कारण एक वर्ष खेर गएको भन्दै सन् २०२३ सम्मका लागि आईसीसीले मान्यता थप गरेको थियो। 

नेपालले यस अवधिमा १० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको थियो। त्यसमा पनि नेपालको सुखद् यात्रा भने थिएन। नेपालले ५ जित र ५ खेलमा हार ब्यहोरेको थियो। 

त्यसैले पत्रकारहरुले प्रश्न गरे, के नेपालले ओडीआई रिटेन गर्छ?

उनले भने, ‘नेपाल ओडीआई देश हो, आशा छ त्यो हामी रिटेन गर्छौं।’ फेरि कानेखुशी सुरु भयो पत्रकारमा। 

उनी त्यसबेला टीम सम्हालन आएका थिए जुनबेला नेपाललगायत विश्व कोरोना महामारीको चपेटामा थियो। पूर्वनिर्धारित प्रतियोगिताहरु भटाभट सर्दै थिए। 

घरेलु प्रतियोगिता पनि कोरोनाकै कारण भटाभट स्थगित भए। जस्तो कि, एभरेष्ट प्रिमियर लिग (ईपीएल)। कुनै बेला घरेलु प्रतियोगिता बलियो बनाउन भनेर जमैकन खेलाडी क्रिश गेलसम्म ल्याउने चर्चा चलेको थियो क्रिकेट जगतमा। तर, त्यो पूरा हुन सकेन। वाट्मोर यही समयमा आइपुगेका थिए नेपाल। 

‘आजदेखि मेरो कार्य सुरु भएको छ। अगाडि धेरै काम गर्नुछ। त्यसका लागि सबैको साथ र सहयोग आवश्यक पर्नेछ। मेरो अनुभव नेपाली क्रिकेटको विकासमा लगाउनेछु,’ उनले भनेका थिए त्यसबेला।

ठिक ३ महिनापछि नेपालले नेदरल्यान्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय टी२० क्रिकेट सिरिजको उपाधि हात पारेको छ। नेपालले घरेलु मैदानमा उपाधि उचालेको यो ११ वर्षपछि हो। पछिल्लो समय त्रिवि क्रिकेट मैदानमा सन् २०१० मा अमेरिकालाई हराउँदै आईसीसी डिभिजन ५ को उपाधि जितेको थियो नेपालले।

नेपालले सन् २०१८ अक्टोबरमा मलेसियामा भएको आईसीसी वल्र्ड टी२० एसिया क्वालिफायर बी को उपाधि जितेको थियो। सन् २०१९ जुलाईमा मलेसियासँग दुई टी२० सिरिजमा क्लिनस्विप गरेको थियो। २०१९ को सुरुवातमै यूएईसँगको तीन टी२० आई सिरिज २–१ ले जितेको थियो। नेपालले त्रिकोणात्मक सिरिज जितेको भने यो नै पहिलो पटक हो।

सिरिजमा नेपालको यात्रा

नेपालले यो प्रतियोगितामा लिग चरणका ४ मध्ये ३ खेलमा जित हात पार्याे भने एक खेलमा हार व्यहोरेको थियो। लिग चरणको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गर्दै सिरिजमा सानदार सुरुवात गरेको थियो। 

दोस्रो खेलमा भने नेपाल नेदरल्याण्ड्ससँग ३ विकेटले पराजित हुन पुग्यो। अर्को टोली मलेसियालाई भने पहिलो खेलमा ९ विकेट तथा दोस्रो खेलमा ६९ रनले पराजित गरेको थियो।

नेपालले फाइनलमा नेदरल्याण्ड्सविरुद्ध १४२ रनको जित हात पारेको थियो जुन टी२० आई इतिहासकै सर्वाधिक ठूलो अन्तरको जित हो। यसअघि रनको आधारमा नेपालले २०१९ मा भुटानलाई १ सय ४१ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

मध्यम जोडी
नेपालले यो सिरिजबाट आशलाग्दा दुई ओपनर केही हदसम्म जन्माएको छ, कुशल भुर्तेल र आरिफ शेख।

युवा ब्याट्सम्यान भुर्तेलले कुल ५ खेलमा ४ अर्धशतकसहित २ सय ७८ रन बनाएका थिए। यता, शेखले पनि ५ खेलमा एक अर्धशतकसहित १५४ रन बनाए। जुन नेपालका लागि राम्रो सन्देश हो।

इनिङ ओपनिङमा समस्या ड्रेसिङ रुमको स्थायी टाउको दुखाईजस्तै बनिसकेको थियो। कनिष्क चौगाईंले खेल्न छाडेपछि नेपाली क्रिकेटमा उनको अभाव खट्किरहेको थियो। जब नेपाली टोलीका ओपनरले रन बनाउन सक्दैनन्, तब क्रिकेटप्रमी सम्झन्छन् कनिष्कलाई ।

थुप्रै विकल्प प्रयोग गरियो तर, समस्याले पार पाउन भने सकेन। नेपालले सुनील धमला, नरेश बुढाऐर, सुवास खकुरेल, महेश क्षेत्री, कप्तान ज्ञानेन्द्र मल्ल र सागर पुनलाई प्रयोग नगरेको होइन। तर, सोचेअनुरुप प्रतिफल भने प्राप्त गर्न सकेन। 

यो प्रतियोगितमा भने नेपालले राम्रो ओपनर पाएको अनुभूति भएको छ। जारी प्रतियोगितामा भुर्तेल र शेखबीच राम्रै जोडी जम्यो।

अब भने विस्तारै ओपनिङको समस्या समाधानउन्मुख भएको संकेत देखिन थालेको छ। डेब्यू खेलमै ओपनरद्वय भुर्तेल र शेखले टी२० आई क्रिकेटमा विश्व कीर्तिमान बनाए।

उनीहरुले डेब्यू खेलमा १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गरेका थिए। 

यसअघि डेब्यू खेलमा टी२० आईमा दुई खेलाडीले बनाएको उच्च रन ९० रन थियो। मोजाम्बिकबाट छैटौं विकेटका मलावीविरुद्ध सन् २०१९ मा डामिसो कुवानो र फिलिप कोसाले ९० रनको साझेदारी गरेका थिए। 

जुन साझेदारी कुशल र आसिफले तोडेका हुन्। तेस्रो स्थानमा दक्षिण अफ्रिकाका ग्राहम स्मिथ र ज्याक्स कालिसले न्युजिल्यान्डविरुद्ध सन् २००५ मा ८४ रनको साझेदारी गरेका थिए।

पहिलो विकेटका लागि नेपालबाट टी२० आईमा बनेको यो हालसम्मकै उच्च साझेदारी हो।

पारस खड्का र ज्ञानेन्द्र मल्लले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा भुटानविरुद्ध १ सय ८ रनको ओपनिङ साझेदारी गरेका थिए। टी२० आईमा डेब्यूमा नेपालबाट अर्धशतक प्रहार गर्ने भुर्तेल दोस्रो र शेख तेस्रो खेलाडी बने। यसअघि सन्दीप जोराले यूएईविरुद्ध डेब्यू गर्दै ५३ रन जोडेका थिए।

नेपालले पहिलो खेलमा मात्रै होइन दोस्रो खेलमा पनि सानदार जित हार पार्यो। यो जितको श्रेय जान्छ उनै दुई ओपनर भुर्तेल र शेखलाई। दोस्रो खेलमा नेपालले मलेसियामाथि ९ विकेटको जित हात पार्दा उनीहरुले १ सय २ रनको उत्कृष्ट शतकीय साझेदारी गरे। जुन लगातार दोेस्रो शतकीय साझेदारी थियो।

यसअघि सन् २०१० मा केन्याका ओपनर डेविड ओबुया र स्टिभ टिकलोले स्कटल्यान्ड र युगान्डासँगको खेलमा ओपनिङ गर्दै दुई शतकीय साझेदारी गरेका थिए। 

स्कटल्यान्डविरुद्ध उनीहरुले १ सय १० र १ सय २६ रनको दुई शतकीय साझेदारी गरेका थिए। तर, ती खेल लगातार भने थिएनन्। स्टिभले यी दुई खेलबीच भएको युगान्डाविरुद्धको एक खेलेका थिएनन्। 

तर, तेस्रो खेलमा नेदरल्यान्ड्ससँग भूर्तेल र शेखको जोडी जम्न सकेन। दोस्रो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर भिभिन किंगमाको बलमा शेख मिडअनमा बेन कुपर बाट शून्यमा क्याच आउट हुन पुगेका थिए। तर, भूर्तेलले ४६ बलमा ८ चौका र १ छक्कासहित ६२ रनको योगदान दिए।

चौथो खेल अर्थात् मलेसियाविरुद्धको खेलमा पनि यी जोडी जम्न भने सकेनन्। भूर्तेल १६ रनमै आउट भएका थिए भने शेख जमेर खेले। शेखले ३२ बल खेल्दै ३ छक्का र त्यत्ति नै चौकामा ४२ रन जोडे। तर, उनको जोडी कप्तान मल्लसँग जमेको थियो। 

मल्लले शेखसँग ७३ रनको साझेदारी गरेका थिए। फाइनल खेलमा पनि उनीहरु बीच ३० रनको साझेदारी भएको थियो। भुर्तेलले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७७ रन बनाएका थिए। मल्ल र उनले ५७ रनको अर्धशतकीय साझेदारी गरेका थिए।

ब्याटिङ सुधारको श्रेय प्रशिक्षकलाई 

नेपालले सिरिजमा ५ खेलमा  ब्याटिङमा उच्च प्रदर्शन गरेको थियो। पछिल्ला तीन खेलमा २ सयमाथि रन बनाएको छ। ब्याटिङ सुधार हुनुमा यसको श्रेय प्रशिक्षक वाट्मोरलाई जाने बताउँछन् शेख।

‘उहाँले हाम्रो विचार नै परिवर्तन गरिदिनु भएको छ। खेलाडीको मानसिक परिवर्तन भएको छ। ब्याटिङमा अझै सुधार गरेका छौं। अझै केही सुधार हुन सक्छ। यो सबैको श्रेय जान्छ प्रशिक्षक वाट्मोरलाई’, उनी भन्छन्।

उनले पहिलेभन्दा खेलमा सुधार आएको पनि स्वीकार गरे। ‘हाम्रो खेलमा सुधार आएको छ। राम्रो खेलेका छौं। विकेट पनि लियौं। मिहिनेत देखिएको हो। तयारी र मिहिनेत अहिले देखिइरहेको छ’, उनले भने।

यस्तै, कप्तान मल्ल पनि युवा खेलाडी र प्रशिक्षककै कारण खेलमा सुधार आएको बताउँछन्।

‘टोलीमा धेरैजसो युवा खेलाडी थिए। उनीहरुले राम्रो खेल खेले। युवा खेलाडीलाई मौका र प्रशिक्षण दिने हो भने उत्कृष्ट खेल्न सक्छन् भन्ने प्रमाणित भएको छ। यो सिरिजमा कुशल, आरिफ र सन्दीपले उत्कृष्ट खेल देखाए’, उनी भन्छन्।

उनले प्रशिक्षककै कारण खेलमा सुधार आएको पनि बताए। 

‘सबै खेलमा हामीले राम्रो रन बनायौं। कुनै पनि कमजोर खेलेका छैनौं। एक दुई वटा गल्तीले गर्दा नेदरल्यान्ड्ससँग हारेका थियौं। उपाधि जित्नुभन्दा पनि हामीले राम्रो क्रिकेट खेल्यौं, यसैमा सन्तुष्ट छु’, ज्ञानेन्द्रले भने।

उनले यो जितसँगै खेलमा भविष्य बनाउने सोच बनाएकालाई पनि प्रेरणा थपिने बताए। 

‘पाएको मौकालाई राम्रोसँग सदुपयोग गर्ने हो भने युवा खेलाडीले नेपाली क्रिकेटलाई योभन्दा अझ माथि पुर्याउन सक्छन्। आगामी दिनमा यो नेपाली क्रिकेटलाई एउटा राम्रो सन्देश हो,’ उनले भने।

अबको चुनौती

प्रशिक्षक वाट्मोरको चुनौती भनेको यही लयलाई कायम राख्नु हो। अब उनको मुख्य ध्यान २०२२ मा अष्ट्रेलियामा हुने टी२० विश्वकप हो। टी२० विश्वकपको नेपालले २०२२ फेब्रुअरीमा सिधै ग्लोबल छनोट खेल्दैछ। जसमा सहभागी हुने १६ टोलीमध्ये ४ टोलीले विश्वकपमा स्थान बनाउनेछन्। सोही चार टोलीमा पर्नसके नेपाल २०२२ अक्टोबरमा हुने विश्वकपमा खेल्न पाउनेछ।

यता, आईसीसीले तय गरेको लिग ९२ को नयाँ खेल तालिकाअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा त्रिकोणात्मक सिरिज खेल्नेछ।

लिगका नौ वटा सिरिजमध्ये नेपालले गत वर्ष घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो। लिग–२ मा नेपालसहित नामिबिया, ओमन, पपुवा न्युगिनी (पीएनजी), स्कटल्यान्ड, युएई र अमेरिका छन्।

लिग–२ का उत्कृष्ट ३ टिम आईसीसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा छनोट हुनेछन्। पुछारका ४ टिम आइसिसी क्रिकेट विश्वकप छनोटको प्लेअफ प्रतियोगितामा धकेलिनेछन्।

लिग ९२ ले विश्वकप छनोट मात्र नभएर एकदिवसीय मान्यताको पनि टुंगो लगाउनेछ। तर, घरेलु प्रतियोगितमा कोरोना बाधक बनेको छ। अहिले आयोजना भएको सिरिज पनि दर्शक बिना खेलाइएको थियो। 

यस्तो अवस्थामा नेपाली टोलीले जुन उचाइ पाएको छ त्यो कायम राखिरहन सजिलो छैन। अझ भनौं, खेलाडीको लय। खेलाडीको खेलमा सुधार आउने भनेको प्रतियोगिता खेलेर हो। जुन नेपालमा अब कहिले आयोजना हुने हो अत्तोपत्तो छैन। 

त्यसैले यही लयलाई कायम राख्न निरन्तर खेल खेलाउनु पर्ने बताउँछन् कप्तान मल्ल।

‘कोरोना महामारी हाम्रो हातमा छैन । राम्रो प्रतिस्पर्धा भएको खेल भइराख्ने हो भने राम्रो हुन्छ। ब्याटिङले जुन लय समाएको छ त्यसलाई निरन्तर खेल चाहिन्छ। निरन्तर खेल हुँदा खेलाडीको मनोबल पनि उच्च हुन्छ’, उनले भने।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
रोहितको अर्धशतक र करणको विस्फोटक ब्याटिङमा ओमानलाई नेपालले दियो २६४ रनको लक्ष्य टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६३ रन बनायो। मंगलबार, असोज २७, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो भर्खरै सम्पन्न खेलमा नेपालले क्यानडालाई २४ रनले हराएको हो । नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा अलआउट हुँदै २१... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्