काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) नेपाल–खनाल पक्षलाई अलग गरेर एमालेको स्थायी कमिटी घोषणा, १९ सदस्यीय स्थायी कमिटीमा अटाएनन् एकजना पनि महिला, स्पष्टीकरण सोधिएका नेतालाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई । ( छलफलमा कुनै प्रगति नभएको नेपालको प्रतिक्रिया )
२) दुई कदम पछि हटेर एक कदम अघि बढ्न खोजे पनि एकताको अनुभूति गर्न नसकेको प्रधानमन्त्री ओलीको दाबी, राष्ट्रिय सभाको उपनिर्वाचनमा बादललाई नै उम्मेदवार बनाउने उल्लेख ।
३) भूकम्पपछिको पुनःनिर्माणमा ३ खर्ब ५७ अर्ब खर्च, ९३ प्रतिशत निजी आवासको निर्माण सकियो, क्षतिग्रस्त ९२० सम्पदामध्ये ४९३ वटाको पुनःनिर्माण ।
४) मङ्गल ग्रहमा रहेको कार्बन डाइअक्साइडबाट अक्सिजन बनाउने प्रविधिको प्रयोगमा नासा सफल, अक्सिजनलाई हाइड्रोजनसँग मिसाएर पानी पनि बनाउन सकिने वैज्ञानिकहरूको अपेक्षा ।
५) र, नेपाल सुपर लि मा धनगढी एफसीको कप्तानी किरण चेम्जोङले गर्ने, टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्द भएर प्रशिक्षण गरिरहेको जानकारी ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।