काठमाडाैं- भोटेकोशी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा न्यू डायमन्ड र एपीएफ भिड्ने भएका छन्।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा न्यू डायमन्डले विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो।
भोटेकोशी गाँउपालिका २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा भएको खेलको पहिलो सेटमा न्यू डायमन्डले २५-१० को सहज जित निकालेको थियो।
दोस्रो सेटमा पुलिसले न्यु डायमन्डलाई २५-१९ मा रोक्दै सेट एक एकको बराबरीमा पुर्यायो। त्यसपछिको तेस्रो सेटमा २५-१२ को सहज जित निकालेको न्यू डायमन्डले चौथो सेटमा २५-१९ को जित हात पार्याे।
अर्काे सेमिफाइनलमा एपीएफले आर्मीमाथि ३-१ को सेटमा जित निकाल्दै न्यू डायमन्डसँग उपाधि भिड्न्त पक्का गर्यो।
रोमाञ्चक बनेको पहिलो सेटमा एपीएफले आर्मीमाथी ३०-२८ को संघर्षपुर्ण जित निकालेको थियो। आर्मीले २२-१७ को अग्रतालाई जोगाउन नसक्दा ३०-२८ ले पहिलो सेट गुमाउनु परेको थियो।
दोस्रो सेट आर्मीले २५-२२ ले आफ्नो पक्षमा पार्दा खेल थप रोमाञ्चक बनेको थियो। तेस्रो सेटमा एपीएफ २५-१९ ले विजयी हुँदै २-१ ले अघि बढ्यो। चौथो सेटमा १६-१० ले अघि रहेको एपीएफले सघर्ष गदै २५-२३ को सेटमा जितको निकाल्दै न्यू डायमण्डसँग उपाधि भिड्न्त पक्का गर्यो।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। चौथो हुने टोलीले ५० हजार प्राप्त गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।