काठमाडाैं- नेकपा (एमाले)ले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई अलग गरेर स्थायी कमिटी घोषणा गरेको छ। बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटीकाे बैठकले नेपाल र खनाल पक्षलाई नसमेटेरै स्थायी कमिटी गठन गरेको हो।
बैठकमा सहभागी एक नेताले जनाएअनुसार केपी शर्मा ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा 'बादल' र विष्णु पौडेललाई स्थायी कमिटीमा राखिएको छ।
त्यसैगरी, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल र पुष्पराज कँडेल पनि स्थायी कमिटीमा अटाएका छन्।
यसैगरी, मणि थापा र किरण गुरुङलाई पनि स्थायी कमिटीमा राखिएको छ। बाँकी सदस्य पछि थप्ने पनि बैठकले निर्णय गरेको ती नेताले बताए।
ओलीइतर नेताहरु खनाल, नेपाल, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, युवराज ज्ञवाली र मुकुन्द न्यौपाने एमालेमा स्थायी कमिटी सदस्य थिए । तर, उनीहरू कसैलाई पनि कमिटीमा समेटिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।