काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबीच सोमबार एकीकरण गर्ने सहमति भएको छ ।
फागुन २१ गतेको निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा समानुपातिक सूची बुझाउँदै गर्दा यी दुई दलबीच एकता भएको हो ।
रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकीकरण भइनसक्दै रञ्जिता नेकपामा समाहित भएकी हुन् ।
यी दुई दलको एकताको सहमतिमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र समाजवादको दिशामा अगाडि बढ्ने साझा लक्ष्यसहित दुवै पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
सहमति अनुसार एकीकरणपछि पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ रहनेछ भने चुनाव चिह्न तारा नै हुनेछ । दुवै पार्टीबाट संघ, प्रदेश र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि स्वतः नेपाली कम्युनिष्ट पार्टीका सदस्य हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।