काठमाडौं – उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुनः रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन्द्र साहसँग संवादमा जोडिएका छन् ।
जेन-जी अगुवा भनिने सुधन गुरुङको जोडबलमा अहिले त्रिपक्षीय वार्ता जारी रहेको छ ।
अहिले कमलपोखरीमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह र घिसिङबिच अन्तिम वार्ता भइरहेको छ ।
रास्वपा सभापति लामिछाने पार्टीको केन्द्रीय समिति बैठक सकेर वार्ता गर्न गएका थिए । आजको वार्तामा सुधन पनि बसेको स्रोतको दाबी छ ।
आयोगले आजै बन्दसूची बुझाइसक्नुपर्ने बताएको छ । आयोगको समयसीमाको दबाबमा परेका उनीहरू अन्तिम समयमा पुनः छलफलमा जुटेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।