काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा),उज्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ र काठमाडौँ महानगरका मेयर बालेन शाह आगामी निर्वाचनमा सँगै जाने सहमति भएको छ ।
उनीहरू मिलेर निर्वाचनमा जाने सहमति भएको सुदन गुरुङले बताए ।
अहिले सहमतिपत्रको मस्यौदा बनिरहेको स्रोतले बतायो ।
कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा वार्ता भएको हो ।
रास्वपा सभापति रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ वार्तामा सहभागी छन् ।
पार्टी सभापति रवि र प्रधानमन्त्रीको उम्मेदवार बालेन हुनेगरी यसअघि नै सहमति भइसकेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।