काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच सात बुँदे सहमति भएको छ ।
सोमबार काठमाडौंमा रास्वपा सभापति रवि लामिछाने र उज्यालो नेपालका संरक्षक कुलमान घिसिङबीच भएको छलफलपछि सात बुँदे सहमति भएको हो ।
सहमति अनुसार, कुलमानलाई रास्वपाको उपसभापति बनाइने भएको छ
त्यस्तै, सहमतिपत्रमा उनेपाका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति लामिछानेबीच हस्ताक्षर भएको छ ।
जसमा काठमाडौंका मेयर बालेन शाह साक्षी राखिएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।