काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई फकाउन आफूले ‘दुइ कदम पछि हटेर एक कदम अघि बढ्ने’ लेनिनको शैली पनि अबलम्बन गरेको तर त्यसबाट फाइदा हुने संकेत नदेखेको बताएका छन्।
बालुवाटारमा शुक्रबार शुरु भएको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
'म अझै पनि लचिलो भएर आएको छु। मेरो माधब नेपाल, योगेश भट्टराई लगायतका नेताहरूसँग भेटघाट भयो। दुई कदम पछाडि एक कदम अगाडि बडेर हिँड्नु पर्छ भन्ने लेनिनको शैली अपनाउन तयार भएर कुरा गरेँ,' ओलीले भने, 'तर साथीहरुको पार्टी एकताबद्ध बनाउन कुनै पहल महसुस र अनुभुति देखिँदैन ।'
ओलीले कोही पार्टी खोस्ने ढंगले आएको हो भने त्यो सम्भब नभएको पनि बताए । 'कम्युनिस्ट पार्टी नयाँ उचाइ, सान र गौरवका साथ अगाडि बढ्छ । एयसको नेतृत्व र पहल एमालेले गर्नेछ', ओलीले भने ।
दुख: गरेर एकीकृत गरेको पार्टी प्रचण्ड र माधवको महत्वाकांक्षा र स्वार्थका कारण पुन: विभाजित भएको ओलीले आरोप लगाए । पार्टी विभाजित नहुँदै पनि प्रचण्ड र माधवले शत्रुतापूर्ण सम्बन्ध बनाइसकेको ओलीले टिप्पणी गरे ।
'बिभाजित नभएको भए पनि यतिधेरै शत्रुतापूर्ण सम्बन्ध बनाइसक्नु भएको थियो कि मलाई साधारण सदस्यबाट समेत हटाउने दुस्साहस गर्ने, त्यस्ता व्यक्तिहरु नेतृत्वमा हावी हुँदा त्यो पार्टी आकारमा त ठूलो देखिन्थ्यो तर समाजलाई गति दिन र नेतृत्व लिन सक्ने हैसियतमा हुने थिएन', ओलीले भने, 'अहिले पनि केही व्यक्तिहरु अराजक ढंगले लाग्ने। पार्टीकै नेताहरुविरुद्ध बिषबमन गर्ने । सरकारको आलोचना गर्ने। आन्दोलनका इमान्दार पंक्तिलाई बदनाम गराउने, समाप्त गर्ने हिसाबले लागेका छन् ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।