काठमाडाैं–कबड्डी द फाइनल म्यान नाम दिइएको फिल्मबाट नायक निश्चल बस्नेत, नायिका रिश्मा गुरुङ र नायिका उपासना सिंह ठकुरी बाहिरिएका छन्।
कबड्डीको पहिलो सिरिजमा नायक निश्चल बस्नेतले अभिनय गरेका थिए। त्यस्तै, अहिलेसम्म बनेका तीनवटै सिरिजमा नायिका रिश्मा गुरुङले काम गरेकी थिइन्।
नायिका उपासना सिंह ठकुरीले भने तेस्रो सिरिजमा मात्रै काम गरिन्। अन्तिम सिरिजसमेत भनिएको फिल्म बैशाखको अन्त्यबाट छायांकनमा जाने तयारीमा छ।
सरकारले लकडाउन घोषणा नगरेमा र फिल्म छायांकनमा गएमा असोज १५ गते प्रदर्शन हुनेछ। यी तीन जना बाहेक अन्य कलाकार तेस्रो सिरिजमा मुख्य भूमिका निभाएका विल्सन बिक्रम राई र कर्मा पनि बाहिरिएका छन्।
यीबाहेक कबड्डीको अन्तिम सिरिजमा दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, विजय बराल, मिरुना मगर, गौमाया गुरुङ, पुष्कर गुरुङ, कविता आले, जयनन्द लामालगायतको अभिनय भने देख्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।