काठमाडाैं- विवादित युरोपेली सुपर लिग (ईएसएल)बाट ९ क्लबले नाम फिर्ता लिएकाे छ। बुधबार ६ इंग्लिस क्लबसहित इटालिका २ र स्पेनका एक क्लबले सहभागी नहुने बताएका हुन्।
संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका थिए। तर, प्रिमियर लिगबाट चेल्सी, लिभरपुल, आर्सनल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहमले नाम फिर्ता लिएका हुन्।
यता, एसी मिलान र इन्टर मिलानले पनि प्रतिनिधित्व नजनाउने भएकाे छ। स्पेनबाट एटलेटिको मड्रिडले पनि नखेल्ने जनाइएका् छ।
यद्यपि, बार्सिलाेना, रियल मड्रिड र युभेन्टसले भने नाम फिर्ता लिएकाे छैन।
फुटबलको विश्व प्रशासकीय निकाय फिफाले त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको छ। उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्व कपमा खेल्नबाट रोक लगाउन सक्नेसमेत चेतावनी दिएकाे थियो।
यता, युईएफएले पनि क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए प्रतिबन्ध लगाउने चेतावनी दिएकाे छ।
यता,त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टिममा पनि संलग्न हुन बञ्चित गर्ने युईएफएले चेतावनी दिएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।