काठमाडौं- एकवर्ष अघि आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुतबारे बनेको फिल्म ‘न्याय द जस्टिस’ लाई रोक्न दिल्ली उच्च अदालतले नोटिस जारी गरेको छ।
सुशान्तका बाबु केके सिंहले उजुरी दिएपछि अदालतले फिल्मका निर्मातालाई नोटिस पठाएको हो। आत्महत्या प्रकरणको मुद्दा अझै छानविनकै क्रममा रहेको छ। यद्यपि, उनको जीवनीमा आधारित ‘बायोपिक’को टिजर भने सार्वजनिक भइसकेको छ।
फिल्म बनाउन सुशान्तको परिवारबाट कुनै अनुमति नलिएपछि सुशान्तका बुबाले मुद्दा दायर गरिएको बुझिएको छ। टिजरमा सुशान्तको भूमिका जुबेर खानले निभाएका छन् भने रिया चक्रबर्तीको भूमिकामा छिन् श्रेया शुक्ला।
फिल्मको टिजरमा महेन्द्र सिंह नाम गरेका कलाकारले घरमा सुशान्तले आत्महत्या गरेको देखाइएको छ। उनका बाबुले ‘मेरो छोरो बहादुर छ, आत्महत्या गर्न सक्दैन’ भनेको वाक्यसमेत देखाइएको छ।
खलनायकको भूमिकामा रहेका युवतीका पिता भनिएकाले छोरीसँग ‘तिमी उसँग केही समय डेट गर्नसक्छौं’ भन्छन्। टिजरमा सुशान्तका मुद्दा निम्त्याएका लागुऔषध कारोबारसम्मलाई समेत समेटिएको छ। टिजरमा चर्चित कलाकार अमन वर्मा, असरानी र शक्ति कपुरलाई पनि देखाइएको छ।
टिजर सार्वजनिक भएसँगै सुशान्तका फ्यानहरुको आक्रोसित भएका छन्। उनीहरुले टिजर सार्वजनिक गरिएको युट्युवको प्रतिक्रियामा टिजर ‘कोरोनाभन्दा हानिकार’ रहेको उल्लेख गरेका छन्। त्यस्तै, केहीले भने पैसा कमाउने नाममा सुशान्तको नाम बेचेको भन्दै बलिउडलाई नै ‘बाइकट’ गर्ने घोषणा गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।