काठमाडौं- मंगलबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसद्लाई ‘सच्चिने अन्तिम मौका’ भन्दै स्पष्टीकरण पत्र, प्रतिनिधि सभाका २७ सांसदलाई पत्र पठाइयो ।
२) ‘रुकुम घटना’का अधिकांश प्रतिवादीलाई थुनामा पठाउने सर्वाेच्च अदालतको आदेश, ५ जना अरोपितलाई धरौटीमा छाड्न र २१ जनालाई पुर्पक्षका लागि थुनामा पठाइयो ।
३) सुरक्षा मापदण्ड पालना गरी निरन्तर सेवा दिन वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन, वित्तीय संस्थाहरूले प्रदान गर्ने सेवा यथा सम्भव विद्युतीय माध्यमबाट गर्न आग्रह ।
४) करिब ६ वर्षको परीक्षणपछि मंगल ग्रहमा पहिलोपटक नासाले उडायो सानो हेलिकप्टर, हेलिकप्टरले मंगल ग्रहको खोज अभियानमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा ।
५) थ्रि नेसन्स कप क्रिकेट सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्यान्ड्सको जित, नेपाल तीन विकेटले पराजित, नेदरल्यान्ड्सका बास डी लिडको उत्कृष्ट प्रदर्शन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।