काठमाडाैं- नेपाली पौडीबाज गौरिका सिंह फोर्ब्सको प्रतिष्ठित ‘थर्टी अण्डर थर्टी एसिया’ सूचीमा परेकी छिन्।
३० वर्षभन्दा कम उमेरमा मनोरञ्जन र खेलकुदका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्ने एसियालीमध्येबाट उनी उत्कृष्ट ३० काे सूचीमा छानिएकी हुन्।
यो सूचीका लागि कूल ३ सय जना मनोनयनमा परेका थिए। गौरिका ९ वर्षको उमेरदेखि नै पौडी खेलिरहेकी छिन्। उनले १२ वर्षको उमेरमा नेपालकाे राष्ट्रिय टाेलिमा डेब्यू गरेकी थिइन्।
उनी २०१६ मा रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी थिइन्। २०१९ मा आयाेजना भएकाे दक्षिण एशियाई खेलमा उनले चार स्वर्ण, दुई सिल्भर र तीन कास्य जितेकी थिइन्।
उनी टोकियो ओलम्पिक- २०२० का लागिसमेत छनाेट भएकी थिइन्। तर, काेराेना संक्रमण बढेसँगै टोकियो ओलम्पिक जुलाई-अगस्ट २०२१ सम्म स्थगित गरिएको छ।
गाैरिका माइती नेपालको सद्भावना दूतसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।