काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभाको जारी अधिवेशन अन्त्य, वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय, अनलाइन पठनपाठनको व्यवस्था मिलाउने तयारी।
२) एमालेका वरिष्ठ नेता माधव नेपालसहित २० नेतालाई अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने बालुवाटार बैठकको निर्णय, स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गरिने।
३) लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, अविश्वास प्रस्ताव आएलगत्तै मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सांसदलाई बनाए मन्त्री।
४) कोरोना महामारी बढेसँगै भारतको राजधानी दिल्लीमा एक साताको लागि लकडाउन घोषणा, विवाहमा ५० जनाभन्दा धेरै भेला हुन नपाइने, अत्यावश्यक सेवा सञ्चालन हुने।
५) र, थ्रि नेसन्स कप टी–२० क्रिकेट सिरिजमा कुशलको अर्धशतकीय इनिङ्समा नेपालको लगातार दोस्रो जित, मलेसिया ९ विकेटले पराजित, जितसँगै नेपालको शीर्ष स्थानमा यथावत।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।