काठमाडौं- ‘नक्कली’ डाक्टरमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान शुरु गरेको छ। केही डाक्टरहरुलाई पक्राउ समेत गरिएको सीआईबीले स्रोतले जनाएको छ।
एसएलसीकै शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा सीआईबीले पश्चिम रुकुमको चौरजहारी अस्पतालमा कार्यरत डाक्टर दीपेन्द्र गौतमलाई समेत पक्राउ गरेको छ।
मनाङको चामे गाउँपालिका–१ का गौतमको एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली भएको सीआईबीले जनाएको छ। उनीसँगै अन्य चिकित्सकलाई समेत पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ।
पक्राउ परेकाहरूलाई सोमबार सार्वजनिक गरिने सीआईबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।