काठमाडाैं–नेपाल अफ्रिका फिल्म फेष्टिवल २०२१ (नाफ) बैशाख १० गतेबाट हुँदै छ। वैशाख १२ गते सकिने फेस्टिवल जमलमा रहेको नाचघरमा आयोजना हुनेछ।
नवौं संस्करणको महोत्सव कपनमा रहेको कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनेशनको आयोजनामा हुन लागेको हो। महोत्सवमा नेपाल र अफ्रिकाको फिल्म र संस्कृतिको बारेमा एक दिने बहस समेत आयोजना हुनेछ।
बहसमा नेपाल र अफ्रिकाबाट आएका फिल्मकर्मीले आफ्ना कुरा राख्नेछन्। यो वर्ष कोभिडका कारण नेपाली र अफ्रिकी फिल्मको बजारमा परेको प्रभावबारे बहस हुनेछ। साथै, अफ्रिकी मुलुकका फिल्म निर्माण शैली र नेपाली फिल्म निर्माण शैलीका बारेमा पनि महोत्सवमा छलफल हुनेछ।
नेपाली फिल्ममा देखाइने सांस्कृतिक अवस्थामा पनि बहस हुने आयोजकले जनाएको छ। सन् २०२० को डिसेम्बरमा हुनुपर्ने यो महोत्सव कोभिडले गर्दा वैशाखमा हुन लागेको हो। महोत्सवमा नेपालका ७ ओटा फिल्म छानिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।