फाइल तस्बिर
काठमाडौं– अगामी भदौमा हुने १४औं महाधिवेशनका साथै अन्य समसमायिक राजनीतिक विषयमा छलफल गर्ने एजेन्डासहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ।
विशेषगरी महाधिवेशन कार्यतालिकामा केन्द्रित रहने बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज (आइतबार) दिउँसो २ बजे बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
यसअघि चैत २७ गतेका लागि डाकिएको बैठक विभिन्नारण देखाउँदै दुई पटक स्थगित भइसकेको छ।
कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० का लागि तोकिएको छ। तर, केही जिल्लाको क्रियाशील सदस्य विवाद हालसम्म पनि समाधान भएको छैन।
आजको केन्दीय समिति बैठकमा हाल प्रदेशमा देखिएको राजनीतिक अस्थिरता तथा सत्तासमीकरणबारे पनि छलफल हुने बताइएको छ।
यसअघि कांग्रेसले कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन सहयोग गरेको थियो। त्यसैगरी गण्डकी र लुम्बिनी प्रदेशमा पनि माओवादी केन्द्रसँग सहकार्य गरी एमाले सरकारविरुद्ध अविश्वासको प्रस्तावको तयारी कांग्रेसले गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।