काठमाडौं - नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा आजदेखि स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरूको शिखर सम्मेलन हुदैछ।
‘नेपालमा स्वास्थ्य अनुसन्धान सुशासनका लागि प्रमाणमा आधारित निर्णय तथा कार्यान्वयन प्रक्रिया’ भन्ने नारासहित गर्न लागेको १२ औँ शिखर सम्मेलन काठमाडौंमा आजदेखि चैत २९ गते सम्म चल्ने आयोजकले जनाएको छ।
सम्मेलनमा नसर्ने रोग, प्रजनन स्वास्थ्य, मातृ, नवजात तथा बाल स्वास्थ्य र परिवार नियोजन, मानसिक स्वास्थ्य, स्वास्थ्य सुशासन, स्वास्थ्य वित्त तथा जनशक्ति, संक्रामक रोग, महामारी तयारी तथा विपत् व्यवस्थापनको विषयमा अन्तरकृया तथा अनुभव आदान प्रदान हुनेछ।
यस्तै चिकित्सकीय विज्ञान, आयुर्वेद तथा परम्परागत चिकित्सा, वातावरणीय तथा पेसागत स्वास्थ्य, जलवायु परिवर्तन, स्वास्थ्य सेवा पहुँचमा असमानता, स्वास्थ्यका सामाजिक निर्धारकहरू, स्वास्थ्य शिक्षा तथा प्रवद्र्धन, पोषण तथा खाद्य सुरक्षा, बसाइँसराइ र स्वास्थ्य, ज्येष्ठ नागरिक स्वास्थ्य तथा औषधिमा पहुँचलगायत मुद्दामा अन्तरक्रिया तथा रिपोर्ट प्रस्तुत गरिनेछ।
सम्मेलनमा एक हजार दुई सयभन्दा धेरै नेपालका स्वास्थ्य तथा विज्ञान क्षेत्रका विज्ञ र दुई दर्जनभन्दा बढी अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
जसमा बेलायत, अमेरिका, भारत, फिलिपिन्स, अस्ट्रेलिया, कोरिया तथा युरोपका प्रतिनिधिहरू सहभागी हुनेछन्। सम्मेलनका लागि कुल ४६५ वटा प्रस्तुतिहरू रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।