काठमाडौं– देशका अधिकांश पहाडी भूभागमा शुक्रबार आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
देशका अन्य क्षेत्रमा भने आंशिक बदली रहने महाशाखाले जनाएको छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।
हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बादली रहेको छ भने अन्य भूभागमा आंशिक बदली रहेको छ।
दिउँसोतिर प्रदेश १ र सूदरपश्चिम प्रदेशका केही पहाडी भूभागहरुका मेघगर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेकोसमेत महाशाखाको भनाइ छ।
राति पनि देशका अधिकांश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहने महाशाखाको दाबी छ।
प्रदेश १ र सूदरपश्चिम प्रदेशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।