काठमाडौं- महानगरीय प्रहरी अपराध महाशाखाले नेकपा एमालेका सांसद झपट रावलको घरमा ढुंगा हानेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
रामेछाप घर भई काठमाडौं बस्दै आएका २२ मनोज तामाङलाई पक्राउ गरिएको महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए। ढुंगा हानेको आरोप लागेका अर्का युवक नसिन लिम्बू भने फरार छन्।
रावलको घरमा गएराति ढुंगा प्रहार भएको थियो। बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बैठकमा रावलले आफू बस्ने घरमा भएको ढुंगा प्रहारबारे जानकारी गराएका थिए।
‘राति १२ बजे ढोकामा ढुंगा हानियो। हामी उठ्यौं। घरबेटीहरुसँग कुरा गर्याैं। ५-१० मिनेटमा फेरि ढुंगा हानियो,’ रावलले भनेका थिए।
उनले आफूले सुरक्षाका लागि १०० र कोटेश्वर प्रहरी कार्यालयमा पनि फोन गर्दा पनि नउठेको बताएका थिए। अपराध महाशाखा प्रहरीलाई फोन गर्दा झन्डै ४५ मिनेटपछि मात्रै प्रहरी आइपुगेको सांसद रावलले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।