काठमाडाैं- गण्डकी प्रदेशको संसद् अकस्मात अन्त्य गरिएपछि विपक्षी दलले संसद्को विशेष बैठक बोलाउन मागसहितको प्रस्ताव दर्ता गर्ने भएका छन्।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि संसद् बैठक बुधबार मध्यरात अन्त्य गरिएको थियो। अकस्मात संसद् बैठक अन्त्य गरिएपछि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतले विशेष अधिवेशनको माग गर्दै प्रस्ताव दर्ता गर्न लागेका हुन्।
विशेष अधिवेशनको माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गर्न लागिएको कांग्रेस सांसद विन्दुकुमार थापाले जानकारी दिए। संसदको विशेष अधिवेशनका लागि एक चौथाइ सांसदले हस्ताक्षर गरी माग गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
बिहीबार मुख्यमन्त्री गुरुङको विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।