काठमाडौँ– सर्वोच्च अदालतले आजको दैनिक मुद्दा सुनुवाइसम्बन्धी पेशी सूची करिब दुई घण्टा ढिलो गरी सार्वजनिक गरेको छ।
नियमित रूपमा बिहान साढे ९ बजेदेखि पौने १० बजेसम्म प्रकाशन हुने सूची यस पटक करिब पौने ११ बजे मात्र अदालतको प्रणालीमार्फत उपलब्ध भएको हो।
यस दिनको इजलास व्यवस्थापनमा न्यायाधीश सपना प्रधान मल्ल तथा प्रधान न्यायाधीश पदका लागि सिफारिसमा परेका मनोजकुमार शर्मालाई कुनै पनि इजलासमा जिम्मेवारी नतोकिएको देखिएको छ।
यस विषयमा सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले पेशी सूची ढिलो हुनुको कारण ‘प्राविधिक समस्या’ रहेको बताएका छन्।
शर्मा र मल्लको हकमा भने कार्य व्यस्तताका कारण जिम्मेवारी नतोकिएको हुन सक्ने उनले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।