काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूले गरेको खर्चको विवरण सार्वजनिक भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो स्थानमा देखिएको छ।
रास्वपाले समानुपातिकतर्फ कुल २ करोड ११ लाख ६४ हजार ९ सय १९ रुपैयाँ खर्च गरेको विवरण बुझाएको छ। त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १ करोड ९६ लाख ३१ हजार ३ सय ६ रुपैयाँ ७० पैसा खर्च गरेको देखिएको छ। यस्तै एमालेले ७५ लाख हाराहारी खर्च गरेको देखिन्छ ।
निर्वाचन आयोगले दलहरूलाई निर्वाचन सम्पन्न भएपछि कानुनबमोजिम खर्चको विवरण बुझाउन निर्देशन दिएको थियो। यस्तै दुई दलले भने खर्च विवरण बुझाएका छैनन् ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।