काठमाडौँ– निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले आफू चढ्दै आएको गाडी शुक्रबार फिर्ता गरेकी छन् ।
बालेन शाह नेतृत्वको नयाँ सरकार आएपछि उनले प्रयोग गर्दै आएको सरकारी सुविधा बापतको गाडी फिर्ता गरेको कार्की प्रधानमन्त्री हुँदाका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए।
कार्कीले आफूले प्रयोग गर्दै आएको गाडी थोत्रो र इन्धन पनि बढी लाग्ने गरेको गुनासो गर्ने गरेकी थिइन् । उनले धेरै तेल खाने गाडी सरकारलाई नै फिर्ता पठाइदिन सचिवालयलाई भनेको बताइएको छ।
कार्कीले आफूले पूर्व प्रधान न्यायाधीश हुँदा सर्वोच्च अदालतबाट पाएको सरकारी गाडी नै उपलब्ध गराउन आग्रह सहित अहिले चढेको खर्चिलो गाडी भने फिर्ता गरेको रावलको भनाइ छ।
‘सर्वोच्च हुँदा नै उनले पाएको गाडी चाहिँ कहाँ छ ? भनेर उहाँले चासो राख्नुभएको थियो,’ रावलले भने ।
रावलले कार्कीले दोहोरो सवारी सुविधा भने नलिएको जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।