काठमाडौं–गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन्।
विपक्षी दलले आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेसँगै मुख्यमन्त्री पृथ्बी सुब्बा गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन्।
अधिवेशन अन्त्यसम्बन्धी सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ। आज साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको बताइएकाे छ।
गत चैत २५ गतेदेखि सुरू भएको संसद ६ गतेसम्मका लागि स्थगित थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।