१) प्रदेशमा सरकार फेरबदलको रस्साकस्सी, विश्वासको मत लिन कस्सिए कर्णालीका मुख्यमन्त्री शाही, गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्ध भोलि नै अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी ।
२) २०७७ साललाई निरर्थक हुन नदिएको प्रधानमन्त्री केपी शर्मा ओलीको दाबी, एमसिसी निर्णयार्थ पेश नगरिएकोमा कटाक्ष– संविधान नै नमान्ने जिद्दी झेलिरहेको तर्क ।
३) डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न क्षेत्रमा क्यूआर कोड जडान गरेसँगै कोडमार्फत भुक्तानी गर्नेको सङ्ख्यामा वृद्धि, एक महिनामै साढे २ अर्बभन्दा बढीको बारोबार ।
४) सेप्टेम्बर ११ तारिखअघि सबै अमेरिकी सैनिकहरूले अफगानिस्तान छाड्ने, हतारमा अफगानिस्तानबाट सेना फिर्ता गर्नु खतरनाक पनि हुनसक्ने अमेरिकी अधिकारीको चेतावनी ।
५) र, त्रिकोणात्मक टी–२० सिरिजका लागि ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा, डेभ वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग बैशाख ४ मा खेल्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।