• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

मनोरञ्‍जन क्षेत्रका लागि कालो वर्ष २०७७ : भविष्य झन् अन्योल

64x64
पुष्पा थपलिया बुधबार, वैशाख १, २०७८  १२:४१
1140x725

काठमाडाैं- एक वर्ष पहिलेका दिन सम्झने हो भने हप्तामा चारवटाभन्दा धेरै फिल्म एकसाथ जुध्थे। निर्माताले हलमा एउटा सो पाउन महामुस्किल हुन्थ्यो। हलमा फिल्म चलाउन यतिधेरै सिन्डिकेट र राजनीतिको सामना गर्नुपथ्र्यो कि त्यसको कुनै हिसाव छैन।

हरेक महामारीले केही समयका लागि हलमा फिल्म लगाउन भएका राजनीति र सिन्डिकेटको सावाँ र ब्याज दुवै असुल्थ्यो। यही सिलसिला नेपाली फिल्म क्षेत्रमा यो साल वर्षभरि चल्यो। यो अझै कति पर जाने हो, पत्तो छैन।

हप्तामा चारवटा फिल्म प्रदर्शन हुने नेपाली २०७७ सालमा भने वर्षभरि जम्मा चारवटा फिल्मले मात्रै हल छिर्ने हिम्मत गरे। यी चार फिल्म हेर्न दर्शकले भने हल छिर्ने हिम्मत गरेनन्।

२०७६ चैत ११ गतेदेखि सरकारले लकडाउन गर्‍यो। तर, त्योभन्दा अघिल्लो हप्ताबाटै फिल्महरु सरिसकेका थिए। यसरी प्रदर्शनको मुखमा आएर पछि हटेका फिल्म माघ १ गतेबाट सरकारले हल खुलाउने अनुमति दिँदा पनि हल छिर्ने हिम्मत गरेनन्। 

निर्मातालाई घाटा नलागेको वर्ष
यसका बाबजुद नायक शिव श्रेष्ठले बनाएको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’, फिल्म प्राविधिकको समूह मिलेर बनाएको फिल्म ‘गोर्खे’, लकडाउनले जन्माएको फिल्म ‘श्री’ र एक्कासी हलमा प्रदर्शन गर्ने निधो गरेको ‘गुड फ्राइडे’ले फिल्म हल निल हुनबाट जोगाए। तर, उनीहरु आफै भने निल भए।

त्यसैले यो वर्षलाई फिल्म निर्माताहरुको सफल वर्ष मान्‍नुपर्ने बताउँछन्, फिल्म समीक्षक सामिप्यराज तिमल्सिना। उनका अनुसार, यो वर्ष फिल्म निर्माताहरुका लागि खुशीको वर्ष बन्यो। लेखकका लागि कन्टेन्ट र समय दुबै मिलेको उनको भनाइ छ। तिमल्सिनाका अनुसार यो वर्ष समग्र फिल्मका लागि भने कालो वर्ष बन्‍न पुग्यो। 

‘हामीले फिल्म बनाउन थालेको ५५ वर्ष पुग्यो तर, आजको दिनसम्म पनि अनमोल केसीलाई ७५ लाख दिएर फिल्म खेलाइरहेका छौं। यो भनेको राजेश हमाल चलेको बेलामा उनको टाउको बिकेको जस्तै हो,’ उनले भने, ‘अझै पनि निर्माताहरु अनमोलको टाउकोको मोल तोकेर फिल्म चलाउने दाउमा छन्।’ यत्तिका वर्ष फिल्म क्षेत्रमा बिताइसके पनि सुरुको दिनबाट एक पाइला अगाडि बढ्न नसकेको  उनको ठहर छ। समय र प्रविधिले फड्को मारेपनि निर्माता, निर्देशकमा यसरी फिल्म चल्दैन भन्‍ने चेत आउन अझै १० वर्षजति कुर्नुपर्ने उनले अनुमान गरे। 

कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फेरि सरकारको बन्द गर्ने पहिलो प्राथमिकतामा परेको छ फिल्म। यसले फिल्म क्षेत्रको भविष्य अझै अन्योलमा परेको निर्देशक तथा चलचित्र समीक्षक संघका अध्यक्ष दिपेन्द्र लामा बताउँछन्। उनी भने फिल्म निर्देशक पूर्ण बेरोजगार बनेको वर्षका रुपमा २०७७ लाई लिन्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यसो त, अन्य समयमा पनि कुनै निर्देशकले वर्षको दुई त कुनैले दुई वर्षमा एउटा फिल्म बनाउने भएकाले खासै अप्ठेरो परिस्थिति सिर्जना नभएको लामाको भनाइ छ। फुर्सदमा विश्वका विभिन्‍न फिल्म र सिरिज हेरेर फिल्म निर्देशनका लागि फरक दृष्टिकोण बनाउन सकिएको उनको अनुभव छ।

फिल्म नचले पनि फन्डा चल्यो
नेपाली फिल्म क्षेत्रमा अन्य वर्षहरु जस्तै विवाद र फन्डाले भने अड्डा जमाएको फिल्म लेखक तथा समीक्षक तिमल्सिनाले बताए। उनले भने, ‘हाम्रो क्षेत्रमा कत्तिसम्म बौद्धिकताको खडेरी परेको क्षेत्र रहेछ भन्‍ने एकै वर्षमा देखियो।’ अन्य समयमा फिल्म चलाउन विभिन्‍न फन्डा गर्ने कलाकारले यो वर्ष अन्तर्वार्ता दिएर त्यसको कमी पूरा गरेको उनको भनाइ छ।

यो वर्ष रसबरी काण्डको नामले चर्चा कमाएको कलाकार र सञ्चारकर्मीको भोजले विवाद निम्त्यायो। जसमा दीपकराज गिरी, दिपाश्री निरौला लगायत कलाकारका साथमा सञ्चारकर्मी रवि लामिछने, उत्सव रसाइली लगायतको रसवरी पार्टी चलेको भिडियो भाइरल भएको थियो। आम नेपाली खान नपाइरहेको समयमा उनीहरुले मिठा परिकार पकाएर सामाजिक सञ्जालमा प्रचार गरेको भन्दै यो विवाद चलेको थियो। 

नायिका पूजा शर्माले १४ जिल्ला भनेको र अर्की नायिका वर्षा राउतले सिमाना विवादमा भारतीय फ्यानको पक्ष लिएको भन्दै केही समय यी दुइको फन्डाले सामाजिक सञ्जाल र सञ्चारमाध्यम तात्यो।

त्यस्तै, नायिका सुस्मा कार्की र श्वेता खड्काको झगडा, कलाकारहरुको समाजसेवा, मानपदवी लगायत केही कलाकारलाई डिप्रेसनमै पुर्‍याउने घटना पनि भए। साथमा साम्राज्ञी आरएल शाह र भुवन केसीको मुद्दा अदालतमा पुगेको छ। घरेलु हिंसा भएको भन्दै छवि ओझा र शिल्पा पोखरेलको मुद्दा पनि अदालतमा छ। 

म्युजिक भिडियोको बाढी
लकडाउन खुल्नेबित्तिकै म्युजिक भिडियोको बाढी आयो २०७७ सालमा। दिनमै ८ देखि १० वटासम्म म्युजिक भिडियोहरु सार्वजनिक भए। त्यो क्रम अहिले केही हदसम्म मत्थर भएको छ। गुणात्मक रुपमा म्युजिक भिडियोले फड्को मारे पनि समग्रमा सुखद् नभएको बताउँछन् गीतकार यादव खरेल। उनका अनुसार यसलाई तीनवटा कुराले प्रभाव पार्‍यो। पहिलो, प्राकृतिक प्रकोप, अनि राजनीतिक प्रकोप र ब्यापार।

यसलाई थप ब्याख्या गर्दै खरेलले भने, ‘कोभिड १९ ले गर्दा सिर्जनात्मक कार्यमा घाटा भयो। राजनीतिक उथलपुथलले सबै कुरालाई कन्ट्रोल गर्ने भएकाले त्यसमा पनि संगीत सुखद हुन सकेन। जति नै म्युजिक भिडियो बनेपनि, संगीतमा लगानी भए पनि यसले केहीलाई मात्रै फाइदा पुग्यो।’ यो वर्ष गीत संगीतलाई प्रत्यक्ष असर पार्ने प्रतिलिपि अधिकार, बौद्धिक चोरी लगायतका कुराबाट संरक्षण हुन नसकेको उनको भनाइ छ। 

तर, यो कुराको विपक्षमा उभिए अर्का गीतकार कृष्णहरि बराल। बरालका अनुसार केही कुरालाई मात्रै छुट्याउने हो भने समग्रमा यो वर्ष संगीतका लागि सफल रह्यो। प्राविधिमा फड्कोका कारण महँगो भए पनि यसले समग्र संगीतलाई फाइदा पुगेको उनको भनाइ छ। सामाजिक सञ्जालले गीतको प्रचार गर्नेमात्रै होइन, हराएको गीतसमेत खोजी गरेकाले यो वर्ष सफल भएको उनको बुझाइ छ।

संगीतको चर्चा : कोही विवादले, कोही कर्मले
गीत संगीतको क्षेत्रमा केही कलाकार विवादका कारण चर्चामा रहे। यसमा बिन्ध्यवासिनी म्युजिक प्रालिका सञ्चालक र गायक प्रमोद खरेलको विवादलाई लिन सकिन्छ। यो विवादले प्रहरी चौकीसम्मलाई तान्यो। अहिले पनि यो मुद्दा अदालतमा बिचाराधीन छ। यसले प्रतिलिपि अधिकार, बौद्धिक सम्पत्ति लगायतका मुद्दालाई सतहमा ल्याइदियो।

त्यस्तै, फुलबुट्टे सारी गीतका लेखक तथा संगीतकार राजनराज शिवाकोटी फाइदामा परे। उनले ११ वर्षअघि लेखेको र संगीत भरेको गीतको चर्चा अझै सेलाएको छैन। म्युजिक भिडियो किंगको उपाधि पाएका पल शाह पनि यो वर्ष निकै फाइदामा परे। सार्वजनिक भएका म्युजिक भिडियोमध्ये अधिकांशमा उनकै अनुहार देख्न सकिन्छ। 

रंगमञ्च केही डिजिटल त थोरै फिजिकल
दर्शकलाई आकर्षित गर्दै गइरहेको रंगमञ्च यो वर्ष नराम्रोसँग थला पर्‍यो। केही नाटकघरले डिजिटल अर्थात् भर्चुअल नाटक महोत्सव पनि नगरेका हैनन्। तर, यसको मज्जा जसरी प्रत्यक्ष हेर्दा लिन सकिन्छ, त्यति भर्चुअलमा सकिँदैन।

रंगकर्मी तथा निर्देशक अनुप बरालले नाटक डिजिटलमा गएपछि त्यो रंगमञ्च हुन नसक्ने बताए। बरालका अनुसार स्किनमा गएपछि त्यो नाटक कम फिल्म ज्यादा लाग्छ।

तर, प्रत्यक्ष हेर्दाजस्तो मज्जा लिन नसकिए पनि एउटा नाटक खिचेर भर्चुअल माध्यममा राखिएको मण्डला नाटकघरकी अध्यक्ष तथा रंगकर्मी सिर्जना सुब्बाले बताइन्। उनले केही नगर्नु भन्दा केही भएपनि गर्न सकेकोमा खुशी लागेको बताइन्। अन्तराष्ट्रिय प्रयास र आर्काइभका लागि भएपनि नाटकहरु खिचेर राख्नु फाइदाजनक भएको उनको भनाइ छ।

यो वर्ष बुद्ध नाटक महोत्सव, अर्को अर्थ नलागेमा र शिल्पी थियटरको दुइवटा नाटक मात्रै मञ्चन भयो। रंगमञ्चका लागि २०७७ कालो वर्ष भएको सिर्जनाको भनाइ छ। उनले आशावादी हुँदै भनिन्, ‘एक पाइला रोकिएर अर्को पाइलामा दगुर्नेछौं भन्‍ने आशा छ। हेरौं अर्को साल के हुन्छ।’

प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
रेल ड्राइभर बन्न चाहन्थे ओम पुरी, यसरी बने अभिनेता ती दिनहरूमा, उनलाई रेलहरू धेरै मनपर्थ्यो। उनी ठूलो भएपछि रेल चालक बन्ने सोच्थे। केही समयपछि ओम पुरी पञ्जाबको पटियालास्थित आफ्नो मातृ... सोमबार, पुस २३, २०८०
ताजा समाचारसबै
सुनचाँदीको मूल्य बढ्यो बुधबार, भदौ ३१, २०८३
चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्‍यो बुधबार, भदौ ३१, २०८३
आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित प्रसूति स्याहार बिदा दिन प्रस्ताव बुधबार, भदौ ३१, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४०३ जनाको शव फेला बुधबार, भदौ ३१, २०८३
ट्रम्प प्रशासन इजरायललाई २.८ अर्ब डलरका हतियार दिने तयारीमा, ४० हजार भारी बम पनि समावेश बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
प्रहरीलाई खबरै नगरी राति जुद्ध बारुण यन्त्रको कार्यालयमा किन पुगे गृहमन्त्री गुरुङ? मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्