काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, कोरोना भाइरसको नयाँ भेरियन्ट बालबालिका र युवाहरुमा देखिएको उल्लेख ।
२) गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई हटाउन जनमोर्चा कुर्दै कांग्रेस र माओवादी केन्द्र, ३ सिट रहेको जनमोर्चाले पार्टी केन्द्रबाट निर्णय हुनुपर्ने भनेपछि अविश्वासको प्रस्ताव रोकियो ।
३) ८.६ प्रतिशतले बढ्यो रेमिट्यान्स, आठ महिनामा भित्रियो ६ खर्ब ४२ अर्ब १४ करोड रुपैयाँ, अन्तिम श्रम स्वीकृति लिनेको संख्या ७४.८ प्रतिशतले घट्यो ।
४) फुकुसिमा आणविक भट्टीबाट निस्केको पानी समुद्रमा मिसाउँदै जापान, स्थानीय र छिमेकी देशहरूको विरोधकैबीच अबको दुई वर्षभित्र पानीलाई समुद्रमा पठाउने निर्णय ।
५) र, बैशाख ११ देखि सुरु हुने ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा काठमाडौं रेजर्सले ललितपुर सिटी एफसीसँग खेल्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।