काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) राष्ट्रिय सहमतिको सरकार बनाउँन नेपाली कांग्रेसका सांसद प्रदीप गिरिको आह्वान, संविधानलाई बचाउन यसैमा टेकेर अगाडि बढ्नुपर्नेमा जोड, चुनावमा जाने भए सहमतिमा जान सुझाव ।
२) पुस ५ गते इतिहासको कालो दिनका रुपमा लिन एमालेको नेपाल–खनाल पक्षको कार्यकर्तालाई सर्कुलवर, चैत ४ र ५ गतेको राष्ट्रिय भेला अनुसार अघि बढ्न नेता÷कार्यकर्तालाई आग्रह ।
३) तत्काल विद्यालय बन्द नहुने, शिक्षा मन्त्री अनुपस्थित हुँदा प्रभावकारी बनेन छलफल, स्वास्थ्य मन्त्रालयले विद्यालय बन्द गर्न गरेको आग्रहप्रति सरोकारवालाको आपत्ति ।
४) ‘आतंकवादी गतिविधि’को कारण इरानको भूमिगत नतान्ज आणविक केन्द्रमा क्षति, अमेरिकी प्रतिबन्ध हटाउन आणविक वार्ताको विरोध गर्नेहरूले आक्रमण गरेको इरानको आणविक ऊर्जा संगठन प्रमुखको आरोप ।
५) र, क्रिकेट खेलाडीको सम्झौताका लागि तीन सदस्यीय समिति गठन, आगामी मे १५, २०२१ सम्म बोर्डलाई खेलाडीहरू छनोट गर्दै प्रतिवेदन पेस गर्नुपर्ने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।