• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आत्मालोचना खोज्दै ओली, आलोचना बढाउँदै नेपाल-खनाल

64x64
डिबी खड्का सोमबार, चैत ३०, २०७७  २०:२५
1140x725

काठमाडौं- सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरे। जुन आग्रह अर्थपूर्ण थियो। ओलीको भनाइ थियो, ‘आफ्नै पार्टी हो। आउनुस्, तपाईंहरूलाई आफ्नै पार्टीका रूपमा व्यवहार गरिन्छ। गल्ती महसुस गरेर आउनुस्। उहाँहरूलाई गल्ती महसुस गरेर आए पार्टीमा काम गर्न बिनाभेदभाव दिइन्छ।’

आफूबाट टाढिदै गइरहेका नेपाललाई अध्यक्ष ओली ‘बेवास्ता’ गर्न नसक्ने अवस्थामा पुगेको यसले दर्शाउँछ। स्पष्टीकरण सोधेर पार्टीबाट निलम्बनसमेत गरिसकेका नेपालसँग उनको एउटै सर्त छ, ‘गुटबन्दी गर्नु भएन। समूहगत रूपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन। समूहगत रूपमा कुरा गर्दैन।’

संयोगले सोमबार नै नेपाल-झलनाथ खनाल पक्षले सर्कुलर जारी गर्‍यो। जहाँ अध्यक्ष ओलीभन्दा पर उभिएर पार्टी ‘पुनर्गठन’ गर्नुपर्ने अवस्था किन आयो?, समानान्तर कमिटी किन निर्माण गर्नुपर्‍यो? र, आगामी दिनमा कसरी अगाडि बढिदै छ? भन्‍ने संकेतसमेत गरिएको छ।

एकै दिन एमालेको दुई समूहले सार्वजनिक गरेका धारणाबाट के स्पष्ट हुन्छ भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली आत्मालोचना चाहन्छन्। ओलीबाट आजित  नेपाल-खनाल समूह आलोचना बढाउँदै एमाले कार्यकर्ता आफूतर्फ तान्‍न चाहन्छन्।

‘प्रधानमन्त्री र अध्यक्षमा असफल’
नेपाल-खनाल पक्षले प्रधानमन्त्रीको हैसियतमा र पार्टीको अध्यक्षको जिम्मेवारीमा रहेर ओलीले गरेका गल्तीहरूलाई कार्यकर्तामाझ लैजाने तयारी गरेको छ। त्यसैको पहिलो भाग सोमबार सार्वजनिक सर्कुलर हो।

यसपछि गत चैत ४ र ५ गतेको भेलाका निष्कर्षलाई पुस्तिकाका रूपमा कार्यकर्तामाझ लगिनेछ। साथै, अध्यक्ष ओलीले केही नेताहरूलाई सोधेको स्पष्टीकरणपछि दिइएको जवाफ पनि पुस्तिकाका रूपमा तल्लो तहसम्म पुर्‍याइनेछ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले तय गरेको कार्यदिशा र निर्वाचनमा जनतामाझ गरिएको संकल्पअनुसार नचलेको निष्कर्ष नेपाल-खनाल पक्षको छ। ‘महाधिवेशनबाट पारित नीति र विधिअनुसार चल्न नै चाहनुभएन। उहाँले न महाधिवेशनको दिशा निर्देशअनुसार पार्टी चलाउनुभयो न त सरकार नै पार्टीको नीतिअनुसार चलाउनुभयो,’ नेपाल-खनाल पक्षले सर्कुलरमा भनेको छ, ‘समाजको आर्थिक-सामाजिक एवं सांस्कृतिक रूपान्तरण अभियान सञ्‍चालन गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो। उक्त कार्यदिशाअनुरूप पार्टीले अगाडि सारेका नीति र कार्यक्रमप्रति विश्वास गरेर गत निर्वाचनमा जनताले पार्टीलाई राम्रो मत दिएका थिए।’

पार्टी एकता गर्ने प्रतिबद्धताका साथ दुई ठूला कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरी एउटै घोषणापत्र लिएर चुनावमा जाँदा जनताले समर्थन जनाएर दुईतिहाइ बहुमतको सरकार बनाउने अवसर दिएका थिए। तर, त्यस मतको आधारमा प्रधानमन्त्री बनेका ओलीले जनताको अपेक्षाअनुसार काम नगरेको कुरा नेपाल-खनाल पक्षले कार्यकर्तामाझ राम्ररी राख्‍ने तयारी थालेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

आफ्नो प्रधानमन्त्री पद गुम्‍ने अवस्था देखेपछि ओलीले २०७७ पुस ५ गतेका दिन प्रतिनिधिसभा विघटन गरेको कुरालाई नेपाल-खनाल पक्षले नेपालको इतिहासकै कालो दिनको रूपमा चित्रण गरिएको छ।

मुलुकलाई प्रतिगमनतिर लैजाने ओलीका कुकृत्यबाट मुलुकलाई बचाउन नेपाली जनता शीरमा कफन बाँधेर सडकमा उत्रिए र त्यस आन्दोलनको नेतृत्व आफूले गरेको दाबी नेपाल-खनाल पक्षको छ। नेपाली जनताको आन्दोलन र चौतर्फी दबाबले गर्दा सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको उक्त गलत कदमलाई उल्टाएको दाबी गरिएको छ।

सर्वोच्च अदालतले २०७५ जेठ ३ गते भएको पार्टी एकतालाई खारेज गर्दै एकीकृत भएका दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काइदियो। यसरी पूर्ववत अवस्थामा फर्काइएपछि नेकपा (एमाले) २०७५ जेठ २ गते जुन अवस्थामा थियो त्यही अवस्थाबाट अगाडि बढ्नुपर्ने अडानमा आफू रहे पनि एमालेलाई विघटन गर्नेतर्फ ओली उद्धत भएको बुझाइ नेपाल-खनाल पक्षको रहेको छ।

फागुन २८ गतेको कदमलाई  घोर षड्यन्त्रकारी करार गर्दै नेपाल-खनाल पक्षले भनेको छ, ‘त्यस दिन कमरेड केपी ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पार्नुभयो। उहाँले पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई खबर नै नगरी केन्द्रीय कमिटीको तथाकथित विशेष बैठकको नाममा गुटको भेला गरेर मनपरी ढंगले अवैधानिक निर्णय गरी पार्टीलाई विभाजित हुने स्थितिमा पुर्‍याउनुभयो।’

Xtrem

Xtrem

ओलीको बल मिचाइँ र मनमौजी निर्णयहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‍याउन आफू केन्द्रीय कार्यालय धुम्बाराही पुगेको सन्देश कार्यकर्तामाझ पुर्‍याइएको छ।

समानान्तर कमिटी किन?
चैत ४ र ५ गतेको भेलापछि नेपाल-खनाल पक्षले समानान्तर कमिटीहरूको अभ्यास थालेको हो। विभिन्‍न जनवर्गीय संगठन हुँदै जिल्लामा समेत समानान्तर कमिटी घोषणा गरिसकेको छ।

त्यस्तो गरिनुको कारण प्रस्ट्याउँदै नेपाल-खनाल पक्षले भनेको छ, ‘ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उहाँ कुनै कुरा पनि सच्याउन तयार हुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो। पार्टीमा गम्भीर संकट उत्पन्‍न भयो।’

पार्टीको नवौं महाधिवेशन र त्यसपश्चात् आफ्नो साथमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा विकसित हुनसक्ने निराशा, हतास, अकर्मन्यता, वितृष्णता र पलायनतालाई रोक्न, नयाँ ऊर्जा, उत्साह, संकल्प, आत्मविश्वास र क्रियाशीलतालाई अगाडि बढाउन अत्यावश्यक देखिएपछि यस्तो कदम चालिएको बताइएको छ।

प्रस्ट्याउँदै भनिएको छ, ‘हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई छिन्‍नभिन्‍न हुनबाट रोक्न, संगठित भएर पुनः क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौं।’

यस्तो विषम् परिस्थितिमा कसरी अघि बढ्ने भन्‍ने सम्बन्धमा छलफल गरी एउटा साझा निष्कर्षमा पुग्‍न चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिएको बताइएको छ। 

देशका सबै भाग र प्रवासबाट समेत आएका चार हजार १८५ जना सहभागीमाझ राखिएको प्रस्ताव र प्राप्त सुझावहरूलाई समेटेर अघि बढेको बताइएको छ। वर्तमान परिस्थिति उत्पन्‍न हुनुको कारण विश्लेषण गरिएको र आजका चुनौती एवं कार्यभार प्रस्तुत गरिएको उक्त राजनीतिक प्रस्तावका साथै भेलाबाट पारित समसामयिक प्रस्तावहरू समेत समावेश गरी पुस्तिकाको रूपमा प्रकाशित गरिने दर्शाइएको छ।

रणनीतिक कार्यक्रमको तयारी
नेपाल-खनाल पक्षले केही रणनीतिक भेला पनि गर्ने तयारी गरेको छ। कार्यकर्ता भेलाको निष्कर्षबमोजिम दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्‍चालन गर्ने योजना पारित गरिएको छ। त्यही अभियानअन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गरिने बताइएको छ। नेपाल-खनाल पक्षले भनेको छ, ‘कमिटी विस्तार तथा पुनर्गठन गरिने छ। प्रशिक्षण अभियान सञ्‍चालन गरिने छ।’

वैशाख ९ गते पार्टी स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कमिटीको आयोजनामा काठमाडौं उपत्यकामा पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्धमा विशेष कार्यक्रम गर्ने तयारी छ। उक्त सन्दर्भमा सबै जिल्ला कमिटीले सोही प्रकारको कार्यक्रम आयोजना गर्ने छन्।

यसैगरी वैशाख १३ गते प्रदेश १ कमिटीले विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवसको कार्यक्रम आयोजना गर्ने भएको छ। बागमती प्रदेश कमिटीले २७औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा जेठ ३ गते चितवनमा विशेष कार्यक्रम गर्ने तयारी छ। नेकपा एमालेको वास्तविक ‘लिगेसी’ आफूसँग रहेको दर्शाउन नेपाल-खनाल पक्षले यी रणनीतिक कार्यक्रमको तयारी गरेको हो।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २०:२५
  • #केपी_ओली
  • #झलनाथ-खनाल
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला अर्धजलाशययुक्त जलविद्युत् आयोजना र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ अर्धजलाशययुक्त जलविद्युत... शुक्रबार, असोज २३, २०८३
सहकारी ठगी मुद्दाको तारेख बुझ्न काठमाडौं जिल्ला अदालत पुगे रवि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा तारेख बुझ्न शुक्रबार दिउँसो उनी बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका हुन् । शुक्रबार, असोज २३, २०८३
पेरिसडाँडामा नेकपाको कार्यसंयोजक समिति बैठक, झलनाथ गएनन् बैठकले समसामयिक राजनीतिक घटनाक्रम र पार्टी महाधिवेशनबारे निर्णय लिने नेताहरूको भनाइ छ । शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
दीपक भट्टका पिताले गरे मानव अधिकार संरक्षणको माग, मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागार सरुवामा प्रश्न शुक्रबार, असोज २३, २०८३
दुई जलविद्युत् आयोजनामा २१ अर्ब लगानी स्वीकृत शुक्रबार, असोज २३, २०८३
हेलो सरकारमा एक सातामा १ हजार ७५५ गुनासो, अनलाइन ठगीदेखि ग्यास अभावसम्मका समस्या शुक्रबार, असोज २३, २०८३
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा शुक्रबार, असोज २३, २०८३
चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्