• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ १५, २०८२ Thu, Jan 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

आत्मालोचना खोज्दै ओली, आलोचना बढाउँदै नेपाल-खनाल

64x64
डिबी खड्का सोमबार, चैत ३०, २०७७  २०:२५
1140x725

काठमाडौं- सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाललाई आत्मालोचना गरेर पार्टीमा फर्किन आग्रह गरे। जुन आग्रह अर्थपूर्ण थियो। ओलीको भनाइ थियो, ‘आफ्नै पार्टी हो। आउनुस्, तपाईंहरूलाई आफ्नै पार्टीका रूपमा व्यवहार गरिन्छ। गल्ती महसुस गरेर आउनुस्। उहाँहरूलाई गल्ती महसुस गरेर आए पार्टीमा काम गर्न बिनाभेदभाव दिइन्छ।’

आफूबाट टाढिदै गइरहेका नेपाललाई अध्यक्ष ओली ‘बेवास्ता’ गर्न नसक्ने अवस्थामा पुगेको यसले दर्शाउँछ। स्पष्टीकरण सोधेर पार्टीबाट निलम्बनसमेत गरिसकेका नेपालसँग उनको एउटै सर्त छ, ‘गुटबन्दी गर्नु भएन। समूहगत रूपमा पार्टीले कुनै गुटलाई मान्यता दिएर कुरा गर्दैन। समूहगत रूपमा कुरा गर्दैन।’

संयोगले सोमबार नै नेपाल-झलनाथ खनाल पक्षले सर्कुलर जारी गर्‍यो। जहाँ अध्यक्ष ओलीभन्दा पर उभिएर पार्टी ‘पुनर्गठन’ गर्नुपर्ने अवस्था किन आयो?, समानान्तर कमिटी किन निर्माण गर्नुपर्‍यो? र, आगामी दिनमा कसरी अगाडि बढिदै छ? भन्‍ने संकेतसमेत गरिएको छ।

एकै दिन एमालेको दुई समूहले सार्वजनिक गरेका धारणाबाट के स्पष्ट हुन्छ भने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली आत्मालोचना चाहन्छन्। ओलीबाट आजित  नेपाल-खनाल समूह आलोचना बढाउँदै एमाले कार्यकर्ता आफूतर्फ तान्‍न चाहन्छन्।

‘प्रधानमन्त्री र अध्यक्षमा असफल’
नेपाल-खनाल पक्षले प्रधानमन्त्रीको हैसियतमा र पार्टीको अध्यक्षको जिम्मेवारीमा रहेर ओलीले गरेका गल्तीहरूलाई कार्यकर्तामाझ लैजाने तयारी गरेको छ। त्यसैको पहिलो भाग सोमबार सार्वजनिक सर्कुलर हो।

यसपछि गत चैत ४ र ५ गतेको भेलाका निष्कर्षलाई पुस्तिकाका रूपमा कार्यकर्तामाझ लगिनेछ। साथै, अध्यक्ष ओलीले केही नेताहरूलाई सोधेको स्पष्टीकरणपछि दिइएको जवाफ पनि पुस्तिकाका रूपमा तल्लो तहसम्म पुर्‍याइनेछ।

प्रधानमन्त्री तथा अध्यक्ष ओली पार्टीको नवौं राष्ट्रिय महाधिवेशनले तय गरेको कार्यदिशा र निर्वाचनमा जनतामाझ गरिएको संकल्पअनुसार नचलेको निष्कर्ष नेपाल-खनाल पक्षको छ। ‘महाधिवेशनबाट पारित नीति र विधिअनुसार चल्न नै चाहनुभएन। उहाँले न महाधिवेशनको दिशा निर्देशअनुसार पार्टी चलाउनुभयो न त सरकार नै पार्टीको नीतिअनुसार चलाउनुभयो,’ नेपाल-खनाल पक्षले सर्कुलरमा भनेको छ, ‘समाजको आर्थिक-सामाजिक एवं सांस्कृतिक रूपान्तरण अभियान सञ्‍चालन गर्दै समाजवादको आधार निर्माण गर्ने कार्यदिशा तय गरेको थियो। उक्त कार्यदिशाअनुरूप पार्टीले अगाडि सारेका नीति र कार्यक्रमप्रति विश्वास गरेर गत निर्वाचनमा जनताले पार्टीलाई राम्रो मत दिएका थिए।’

पार्टी एकता गर्ने प्रतिबद्धताका साथ दुई ठूला कम्युनिस्ट पार्टीबीच चुनावी तालमेल गरी एउटै घोषणापत्र लिएर चुनावमा जाँदा जनताले समर्थन जनाएर दुईतिहाइ बहुमतको सरकार बनाउने अवसर दिएका थिए। तर, त्यस मतको आधारमा प्रधानमन्त्री बनेका ओलीले जनताको अपेक्षाअनुसार काम नगरेको कुरा नेपाल-खनाल पक्षले कार्यकर्तामाझ राम्ररी राख्‍ने तयारी थालेको छ।

Ncell 2
Ncell 2

आफ्नो प्रधानमन्त्री पद गुम्‍ने अवस्था देखेपछि ओलीले २०७७ पुस ५ गतेका दिन प्रतिनिधिसभा विघटन गरेको कुरालाई नेपाल-खनाल पक्षले नेपालको इतिहासकै कालो दिनको रूपमा चित्रण गरिएको छ।

मुलुकलाई प्रतिगमनतिर लैजाने ओलीका कुकृत्यबाट मुलुकलाई बचाउन नेपाली जनता शीरमा कफन बाँधेर सडकमा उत्रिए र त्यस आन्दोलनको नेतृत्व आफूले गरेको दाबी नेपाल-खनाल पक्षको छ। नेपाली जनताको आन्दोलन र चौतर्फी दबाबले गर्दा सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको उक्त गलत कदमलाई उल्टाएको दाबी गरिएको छ।

सर्वोच्च अदालतले २०७५ जेठ ३ गते भएको पार्टी एकतालाई खारेज गर्दै एकीकृत भएका दुवै पार्टीलाई पूर्ववत अवस्थामा फर्काइदियो। यसरी पूर्ववत अवस्थामा फर्काइएपछि नेकपा (एमाले) २०७५ जेठ २ गते जुन अवस्थामा थियो त्यही अवस्थाबाट अगाडि बढ्नुपर्ने अडानमा आफू रहे पनि एमालेलाई विघटन गर्नेतर्फ ओली उद्धत भएको बुझाइ नेपाल-खनाल पक्षको रहेको छ।

फागुन २८ गतेको कदमलाई  घोर षड्यन्त्रकारी करार गर्दै नेपाल-खनाल पक्षले भनेको छ, ‘त्यस दिन कमरेड केपी ओलीले नवौं महाधिवेशनको सम्पूर्ण म्याण्डेटलाई ध्वस्त पार्नुभयो। उहाँले पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धतिविपरीत केन्द्रीय कमिटीका सम्पूर्ण सदस्यहरूलाई खबर नै नगरी केन्द्रीय कमिटीको तथाकथित विशेष बैठकको नाममा गुटको भेला गरेर मनपरी ढंगले अवैधानिक निर्णय गरी पार्टीलाई विभाजित हुने स्थितिमा पुर्‍याउनुभयो।’

ओलीको बल मिचाइँ र मनमौजी निर्णयहरू अवैधानिक भएको र त्यसलाई सच्याउँदै २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई पुर्‍याउन आफू केन्द्रीय कार्यालय धुम्बाराही पुगेको सन्देश कार्यकर्तामाझ पुर्‍याइएको छ।

समानान्तर कमिटी किन?
चैत ४ र ५ गतेको भेलापछि नेपाल-खनाल पक्षले समानान्तर कमिटीहरूको अभ्यास थालेको हो। विभिन्‍न जनवर्गीय संगठन हुँदै जिल्लामा समेत समानान्तर कमिटी घोषणा गरिसकेको छ।

त्यस्तो गरिनुको कारण प्रस्ट्याउँदै नेपाल-खनाल पक्षले भनेको छ, ‘ओलीमा यति धेरै दम्भ र घमण्ड देखियो कि उहाँ कुनै कुरा पनि सच्याउन तयार हुनुभएन र आफ्नो विखण्डकारी अडानमै रहनुभयो। पार्टीमा गम्भीर संकट उत्पन्‍न भयो।’

पार्टीको नवौं महाधिवेशन र त्यसपश्चात् आफ्नो साथमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, सदस्य र शुभेच्छुकहरूमा विकसित हुनसक्ने निराशा, हतास, अकर्मन्यता, वितृष्णता र पलायनतालाई रोक्न, नयाँ ऊर्जा, उत्साह, संकल्प, आत्मविश्वास र क्रियाशीलतालाई अगाडि बढाउन अत्यावश्यक देखिएपछि यस्तो कदम चालिएको बताइएको छ।

प्रस्ट्याउँदै भनिएको छ, ‘हामीले कम्युनिस्ट पार्टी र आन्दोलनलाई छिन्‍नभिन्‍न हुनबाट रोक्न, संगठित भएर पुनः क्रियाशील भई पार्टी र आन्दोलनलाई अगाडि बढाउनु आफ्नो कर्तव्य र जिम्मेवारी ठान्यौं।’

यस्तो विषम् परिस्थितिमा कसरी अघि बढ्ने भन्‍ने सम्बन्धमा छलफल गरी एउटा साझा निष्कर्षमा पुग्‍न चैत ४ र ५ गते राजधानीमा राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरिएको बताइएको छ। 

देशका सबै भाग र प्रवासबाट समेत आएका चार हजार १८५ जना सहभागीमाझ राखिएको प्रस्ताव र प्राप्त सुझावहरूलाई समेटेर अघि बढेको बताइएको छ। वर्तमान परिस्थिति उत्पन्‍न हुनुको कारण विश्लेषण गरिएको र आजका चुनौती एवं कार्यभार प्रस्तुत गरिएको उक्त राजनीतिक प्रस्तावका साथै भेलाबाट पारित समसामयिक प्रस्तावहरू समेत समावेश गरी पुस्तिकाको रूपमा प्रकाशित गरिने दर्शाइएको छ।

रणनीतिक कार्यक्रमको तयारी
नेपाल-खनाल पक्षले केही रणनीतिक भेला पनि गर्ने तयारी गरेको छ। कार्यकर्ता भेलाको निष्कर्षबमोजिम दुई महिने पार्टी वैचारिक तथा संगठनात्मक सुदृढीकरण अभियान सञ्‍चालन गर्ने योजना पारित गरिएको छ। त्यही अभियानअन्तर्गत पार्टी र जनसंगठनका सबै तहका बैठक तथा भेला गरिने बताइएको छ। नेपाल-खनाल पक्षले भनेको छ, ‘कमिटी विस्तार तथा पुनर्गठन गरिने छ। प्रशिक्षण अभियान सञ्‍चालन गरिने छ।’

वैशाख ९ गते पार्टी स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कमिटीको आयोजनामा काठमाडौं उपत्यकामा पार्टी विखण्डन र विसर्जनकारी कार्यका विरुद्धमा विशेष कार्यक्रम गर्ने तयारी छ। उक्त सन्दर्भमा सबै जिल्ला कमिटीले सोही प्रकारको कार्यक्रम आयोजना गर्ने छन्।

यसैगरी वैशाख १३ गते प्रदेश १ कमिटीले विराटनगरमा प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २२औं स्मृति दिवसको कार्यक्रम आयोजना गर्ने भएको छ। बागमती प्रदेश कमिटीले २७औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा जेठ ३ गते चितवनमा विशेष कार्यक्रम गर्ने तयारी छ। नेकपा एमालेको वास्तविक ‘लिगेसी’ आफूसँग रहेको दर्शाउन नेपाल-खनाल पक्षले यी रणनीतिक कार्यक्रमको तयारी गरेको हो।

प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७  २०:२५
  • #केपी_ओली
  • #झलनाथ-खनाल
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #एमाले

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार आयोगले उनीहरूलाई स्पष्टीकरण सोधको हो । सप्तरी जिल्ला निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार रहेका राउतलाई सार्वजनिक स्थान (चौबाट... बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी ‘संसारको जुनसुकै देशका प्रमुख संवैधानिक अंगका कार्यालय रक्षाका लागि  सुरक्षाकर्मीले चौबीसै घण्टा हतियार सहित कमब्याट पोजिसनमा उभिएको... बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्... बुधबार, माघ १४, २०८२
ताजा समाचारसबै
मूलपानीमा लुटेरा नियन्त्रण गर्न दुई राउन्ड गोली प्रहार बिहीबार, माघ १५, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची बिहीबार, माघ १५, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो? बिहीबार, माघ १५, २०८२
कोलम्बियामा विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजीत पवारको निधन बुधबार, माघ १४, २०८२
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित बिहीबार, माघ १५, २०८२
गगनलाई सघाउने भन्दै प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश बुधबार, माघ १४, २०८२
सुनको मूल्य तोलामा ३ लाख १९ हजार नजिक पुग्यो बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्