काठमाडौं- आइतबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संसद्को महत्त्वपूर्ण समितिहरुमा निर्णायक बन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रयास, सुनुवाई समितिमा ओलीले आफू पक्षका ५ जनालाई गरे सिफारिस।
२) पछिल्लो २४ घण्टामा ३ हजार १२५ जनाको पीसीआर परीक्षणमा ३०३ मा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित २ हजार ९ ६१, कुल संक्रमितको संख्या २ लाख ८० हजार २८
३) न्यूरोडको विशाल बजारको भाडामा सामूहिक भ्रष्टाचार भएको विशेष अदातलको ठहर, पूर्णपाठमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमाथि पनि प्रश्न
४) युएईबाट नोउरा अल(माट्रोसी र मोहम्मद अल(मुल्लालाई अन्तरिक्षमा पठाइने, चार हजारभन्दा बढी आवेदकबाट छानिएकी नोउरा अन्तरिक्ष पुग्ने पहिलो अरबी महिला बन्दै
५) र, बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड शीर्ष स्थानमा, रियल मड्रिडद्वारा बार्सिलोना २–१ गोलअन्तरले पराजित, रियलका करिम बेन्जिमा र टोनी क्रुसले गरे समान १–१ गोल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।