काठमाडाैं- कोभिड-१९ महामारीको संक्रमण सामान्य बनेपछि खुल्न थालेका चलचित्र हलहरु कोरोनाको दोस्रो लहर सुरु भएसँगै फेरि बन्द हुँदै छन्। सरकारले पार्टी प्यालेस, चलचित्र हललगायत बन्द गर्ने तयारी थालेको संकेत गरेको हो।
महामारीपछि हल पहिलेकै अवस्थामा चलायमान हुन सकेको छैन, तर पनि हलमा पर्दा थपिने क्रम भने जारी छ। नयाँ बानेश्वरस्थित ‘वान सिनेमाज’ले नयाँ पर्दा थपेको छ। आइप्लेक्स मलमा सञ्चालित उक्त हलमा यसअघि दुईवटा पर्दा थिए। अर्को एक पर्दा थपिएसँगै अब दर्शकले तीनवटा पर्दामा मन परेको चलचित्र हेर्न पाउने छन्।
वान सिनेमाजले नै कालिमाटीमा दुईवटा पर्दासहितको हल सञ्चालन गर्ने तयारी गरेको छ। कालिमाटी ट्रेड सेन्टरमा हलको निर्माण कार्य चलिरहेको छ। साउनसम्ममा उक्त हल सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
वान सिनेमाजले भैरहवा र नेपालगञ्जमा पनि हल सञ्चालन गर्ने तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।