• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री गुरुङको विकल्प खोज्‍न मोर्चाबन्दीमा विपक्षी दल

64x64
नेपाल लाइभ शनिबार, चैत २८, २०७७  ०९:३७
1140x725

काठमाडाैं- शुक्रबार लमजुङ पुगेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले प्रदेश सरकार बलियो अवस्थामा रहेको बताउँदै कसैले चाहेर पनि नढल्ने दाबी गरे।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङ एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्‍ने जिकिर गरे। ‘उनीहरुको अवस्था सजिलो छैन,’ उनले भने, ‘गण्डकी प्रदेश सरकार पनि बलियो अवस्थामा रहेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका गुरुङले प्रदेशसँगै केन्द्र सरकार पनि ढाल्न सहज नभएको संकेत गर्दै बचाऊ गरेका थिए। उनले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मिल्नु भनेको घाम र जुन मिल्नुजस्तै भएको दाबी गरे।

यसरी उनले आफ्नो सरकार बलियो रहेको दाबी गरिहँदा उनीविरुद्धको मोर्चा कस्‍न माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपा एकमत देखिएका छन्। कांग्रेस र माओवादीले मुख्यमन्त्रीको कुर्सी हल्लाउनका लागि वार्ता कमिटीसमेत गठन गरेर सघन छलफल थालेका छन्। बधबारमात्र माओवादी केन्द्रबाट मन्त्री भएका दुई जना मन्त्रीले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्रीविरुद्ध संकट आउने देखिएको हो। माओवादी केन्द्रबाट मन्त्री बनेका हरिबहादुर चुमान र लेखबहादुर थापाले राजीनामा दिएसँगै मुख्यमन्त्री गुरुङले यस्तो टिप्पणी गरेका थिए।

यो पनि पढ्नुहोस्

मुख्यमन्त्री गुरुङ भन्छन्- कांग्रेस, माओवादी केन्द्र र जसपा मिल्नु घाम र जुन मिल्नुजस्तै होशनिबार, चैत २८, २०७७

कस्तो छ समीकरण
कूल ६० सांसद रहेको गण्डकी प्रदेशमा एमालेको २८ सिट छ। नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको १२, जसपाको दुई र राष्ट्रिय जनमोर्चाको तीन सिट रहेको छ। मुख्यमन्त्री गुरूङलाई अहिलेसम्म तीन सिट रहेको राष्ट्रिय जनमोर्चाले साथ दिएकोले उनी सरकार नढल्नेमा ढुक्क देखिएका छन्। तर, एमालेभित्र पनि केपी शर्मा ओली र माधवकुमार नेपाल-झलनाथ खनाल समूहको रुपमा अघि बढेकाले अविश्वासको प्रस्ताव दर्ता भएमा मुख्यमन्त्रीविरुद्ध नेपाल-खनाल पक्ष उभिनसक्ने खतरा पनि रहेको छ। गुरुङ ओलीपक्षका नेता भएकाले उनलाई असफल पार्न 'फ्लोर क्रस' वा असहयोग गर्ने नीति उनीहरुले लिनसक्ने देखिन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेस र माओवादीले बनाए वार्ता समिति 
केन्द्रमा जस्तै प्रदेशमा पनि कांग्रेसले नयाँ सरकार गठनको लागि पहल थाल्दै वैकल्पिक केन्द्रीय सदस्य कुमार खड्काको नेतृत्वमा वार्ता समिति बनाएको छ।  उक्त समितिमिा प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल र डोबाटे विश्वकर्मा सदस्य रहेका छन्। माओवादी केन्द्रले पनि नयाँ सरकारका लागि  संसदीय दलका नेता हरिबहादुर चुमानसहित गायत्री गुरुङ, दीपक कोइराला र रामजी बरालको कार्यदललाई जिम्मा दिएको छ।

दुवै पार्टीको यो सक्रियताले नयाँ मुख्यमन्त्रीको खाका बनाउनसक्ने देखिन्छ। त्यस्तै दुई सिट रहेको जसपासँग पनि दुवै वार्ता टोलीले शुक्रबार छलफल गरेका छन्। छलफल सकारात्मक र एक भएर अघि बढ्ने अवस्थामा पुगेको खड्काले बताए।

कांग्रेससँग १५ सिटमात्रै रहेकाले नयाँ सरकार गठनका लागि एमालेबाहेकका सबै दलको साथ आवश्यक छ। दुवै दलले पहिलो चरणको वार्ता गरेको र गुरुङको विकल्प खोज्‍न सहमतिनजिक पुगेको कांग्रेस प्रदेशसभा सदस्य खड्काले बताए। जनमोर्चासँग संवाद भइरहेको र छिट्टै निर्णय आउनेसमेत खड्काले बताए।

६० सदस्यीय प्रदेशसभामा कांग्रेस, माओवादी केन्द्रका र जसपा मिल्दा २९ सिट हुनेछ। मुख्यमन्त्री गुरुङलाई हटाएर नयाँ सरकार गठनका लागि जनमोर्चाका तीन सांसद निर्णायक हुने छन्। सभामुख नेत्रनाथ अधिकारी माओवादीकै भएको र उनले मत दिन नमिल्ने अवस्थामा एमालेको माधवकुमार नेपाल पक्षमा रहेका केही प्रदेशसभा सदस्यलाई मनाउने रणनीतिमा कांग्रेस देखिन्छ।

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएमा जनमोर्चाले समर्थन गर्नसक्ने आशमा विपक्षी गठबन्धन देखिन्छ। जनमोर्चाभित्र सरकारलाई समर्थन गर्ने वा नगर्ने विषयमा दुईथरि मत देखिएको र अविश्वासको प्रस्तावको पक्षमा आउने विश्वास रहेको कांग्रेसका वार्ता टोली संयोजक खड्काले बताए। उनले अहिले नै मुख्यमन्त्री र अविश्वासको प्रस्ताव कहिले दर्ता गर्ने भन्‍ने विषयमा नपुगेको तर अहिलेको सरकार विस्थापन गर्नुपर्छ भन्‍ने निचोडमा भने पुगेको बताए। सबै दलको आपसी सहमति भएकै दिन मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने र नयाँ सरकार गठन हुने उनको भनाइ छ। धेरै सांसद भएको र ठूलो दलको रुपमा कांग्रेसले मुख्यमन्त्रीको दाबी गर्ने उनले बताए।

प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०९:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
सम्बन्धित सामग्री
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् । बुधबार, साउन ६, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६७ बमोजिम दर्ता गरिएको उक्त प्रस्तावमार्फत गृहमन्त्रीको ध्यानाकर्षण गराउँदै प्रस्तावकले मनसुन सक... बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक आज साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्री शाहले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ । बुधबार, साउन ६, २०८३
ताजा समाचारसबै
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता बुधबार, साउन ६, २०८३
मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता बुधबार, साउन ६, २०८३
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
प्रधानमन्त्री शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग छलफल गर्दै बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्