काठमाडौं- बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) आफ्नो नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीसमक्ष कांग्रेसको औपचारिक प्रस्ताव, प्रधानमन्त्री ओलीको नेतृत्वमा निर्वाचन हुन नसक्ने कांग्रेसको जिकीर ।
२) माओवादी केन्द्रले कारबाही गरेका चार जना पूर्वमाओवादी नेताहरू पुनः मन्त्री नियुक्त, गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पनि दलबाट निष्कासन, अर्का सांसद चन्द्रबहादुर खड्कासँग स्पष्टीकरण माग ।
३) विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दो, ’भर्चुअल’ माध्यमबाट पठनपाठन गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध, १८ वर्षमुनिका व्यक्तिमा औसत सात प्रतिशत संक्रमण ।
४) बेलायतमा ‘फेक रिभ्यू’ दिएर सामान बेच्ने १६ हजार फेसबुक एकाउन्ट बन्द, फेसबुकद्वारा भुक्तानी गरिएको सामग्री पत्ता लगाउन र हटाउनको लागि थप फिचरहरु परिवर्तन ।
५) र, ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि शनिबार फाइनल खेल, उपाधि दौडमा सशस्त्र प्रहरी बलको एपीएफ र सुदूरपश्चिम प्रदेश ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।