• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख २५, २०८३ Fri, May 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीसँगको प्रक्रियाबाट ‘ब्याक’ हुन मिल्दैन: महतो, ओलीको विकल्प खोज्नै पर्छ: यादव 

64x64
वीरेन्द्र ओली शुक्रबार, चैत २७, २०७७  २०:२६
1140x725

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)मा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने वा नजाने विषयमा स्पष्ट दुई धार देखिएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार संयुक्त संरकारको प्रस्ताव गरेपछि जसपामा स्पष्ट दुई धार देखिएको हो।

कांग्रेस सभापति देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य देव गुरुङसहित जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई आफ्नै निवास बूढानीलकण्ठमा बोलाएर संयुक्त सरकारको प्रस्ताव राखेका हुन्।  

देउवाले संयुक्त सरकारको प्रस्ताव राखेलगत्तै जसपा अध्यक्ष महन्थ ठाकुरले बन्दी रिहा, मुद्दा फिर्तालगायत विषयमा सरकारसँग छलफल चलिरहेको र पार्टीमा छलफल गरेर मात्रै निर्णय दिन सक्ने जवाफ फर्काए। जसपाले आफ्नो पार्टीमा छलफल गरेर मात्रै संयुक्त सरकारका विषयमा निर्णय दिने जवाफ फर्काएपछि बैठक सकियो। जसपामा ओली सरकारमा जाने विषयमा शुरुदेखि नै विवाद हुँदै आएको छ। 

अध्यक्ष ठाकुर, वरिष्ठ नेता महतोलगायत तत्कालीन तराई-मधेश लोकतान्त्रिक पार्टी (तमोलोपा) आफ्ना माग पुरा भए सरकारमा जाने विषयमा लचिलो छ। तर, जसपाकै तत्कालीन समाजवादी पार्टीका अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई ओली नेतृत्वको सरकारमा जानै नहुने पक्षमा छन्।

पछिल्लो समय ओलीसँग निरन्तर छलफल चलिरहेकाले सरकारसँग शुरु भएको प्रक्रियाबाट पछाडि हट्न नमिल्ने महतोको भनाइ छ। ‘हामी आफ्ना माग र मुद्दामा केन्द्रित छौं। रेशम चौधरीलगायत नेता/कार्यकर्ता रिहा, मुद्दा फिर्ता गर्ने विषयमा सरकारसँग छलफल गरिरहेका छौं। सरकारले आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेको छ। हिजो मात्रै २०८ जनाको मुद्दा फिर्ताको सम्बन्धमा गृह मन्त्रालयमा छलफल गरि बुझाइसकेका छौं’, नेपाल लाइभसँग कुरा गर्दै महतोले भने, ‘सरकारसँग एउटा प्रक्रिया नै सुरु भइसकेको छ। यदि, बीचमै छोड्यौं भने सारा प्रक्रिया बीचमै टुट्छ। हामी काम गर्ने, गराउनेमै केन्द्रित छौं। प्रक्रिया शुरु भइसक्यो, त्यसबाट ‘ब्याक’ हुन मिल्दैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

ओली नेतृत्वको सरकारको विकल्प खोजेर अर्को सरकार बन्ला र गरौंला भन्ने दिशातिर जान नहुने महतो बताउँछन्। केपी ओलीले माग पुरा नगरे मात्रै विकल्प सोच्न सकिने उनको तर्क छ। 

तर, जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान जोगाउनकै लागि भएपनि ओलीलाई हटाउनुको विकल्प नभएको बताए। शुक्रबारको बैठकमा पनि प्रचण्ड, देउवा र रामचन्द्र पौडेलले ओलीले गर्ने काम आफूहरू सरकारमा गएर गर्ने भन्दै संयुक्त सरकारमा सहभागी हुन आग्रह गरेका थिए।   

‘प्रचण्ड, देउवा, रामचन्द्र पौडेलजीहरूले जुन मुद्दा केपी ओलीले खारेज गर्न सक्छन्। त्यो गर्न हामीले पनि सक्छौं, मिलेरै सरकार बनाएपछि आफैं गर्ने किन केपी ओलीको पछि लाग्ने? भन्नुभयो। हामीले जे जति गर्न सक्छौं त्यो सरकारमै बसेर गरौंला भन्नु भएको छ’ यादवले भने, ‘यो प्रस्ताव पार्टीमा आजै आयो। पार्टीमा छलफल गरेर निर्णय गर्छौं। यी विषयमा पार्टीमा छलफल गरेर छिटोभन्दा छिटो निर्णय गरेर अघि बढ्छौं।’ 

ओली नेतृत्वको सरकारको विकल्प खोज्न लामो समयदेखि लागेको बताउँदै यादवले सत्ता साझेदारी गरेर जान नसकिने स्पष्ट पारे। जसपाले ओलीसँग बन्दी रिहा, मुद्दा फिर्ता गर्ने विषयमा मात्रै छलफल भएको यादवले बताए। 

मुद्दा फिर्ताका सम्बन्धमा जसपा (महन्थ-राजेन्द्र पक्ष) र सरकारले कार्यदल बनाएर काम गरिरहेका छन्। तर, कार्यदलका विषयमा यादव पक्षले खासै रूचि देखाएको छैन। 

प्रधानमन्त्री ओलीको निरन्तरता वा नयाँ सरकार भन्ने विषयमा जसपा नै निर्णायक छ। जसपाको निर्णयले नै आगामी राजनीतिको बाटो तय गर्नेछ। र, यसका लागि केही दिन पर्खनै पर्छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  २०:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस प्रणालीमा सबैभन्दा बढी खर्च गर्ने दलको सूचीमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्व... शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले लिपुलेक क्ष... शुक्रबार, वैशाख २५, २०८३
राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई सचेतक पदमा मनोनयन गरेको जानकारी प्राप्त भएको छ। शुक्रबार, वैशाख २५, २०८३
ताजा समाचारसबै
समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक, सबैभन्दा बढी रास्वपाको खर्च [सूचीसहित] शुक्रबार, वैशाख २५, २०८३
अभ्यास सिरिजमा नेपाल ‘ए’को लगातार दोस्रो जित, स्कटल्यान्डपछि अमेरिका ३ विकेटले पराजित शुक्रबार, वैशाख २५, २०८३
मनसुन २०८३ मा अधिकांश क्षेत्रमा औसतभन्दा कम वर्षाको सम्भावना, खडेरीको संकेत शुक्रबार, वैशाख २५, २०८३
२७ अंकले बढेर शेयरबजार बन्द शुक्रबार, वैशाख २५, २०८३
परराष्ट्र मन्त्रालयले भन्यो: लिपुलेक समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ शुक्रबार, वैशाख २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतका न्यायाधीश डा‍. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस बिहीबार, वैशाख २४, २०८३
ओलीले फिर्ता गरे दोहोरो सुविधाको गाडी बिहीबार, वैशाख २४, २०८३
सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन शुक्रबार, वैशाख २५, २०८३
महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न आदेश बिहीबार, वैशाख २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्