• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कस्तो होला माधव नेपालको पार्टी?

64x64
रामेश्वर बोहरा शुक्रबार, चैत २७, २०७७  १९:१४
1140x725

काठमाडाैं- गत चैत १८ (मार्च ३१) मा भारतको प्रतिष्ठित दैनिक द हिन्दूले नेपालको राजनीतिक सरगर्मीमाथि झन् बढी तापमान थप्ने एउटा समाचार छाप्यो। सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि ब्युँतिएको नेपाल कम्युनिस्ट पार्टी (एमाले) बारेको त्यो समाचारमा उल्लेख थियो- ‘पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ राजनीतिक दल गठन गर्दैछन्।’ 

एमाले पार्टी एउटै भएपनि त्यहाँभित्र दुई पार्टीका झैं समानान्तर गतिविधि चुलिएका बेला द हिन्दूले छापेको यस्तो समाचार आफैंमा अर्थपूर्ण थियो। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको पार्टीबाट अलग्गिएर एमाले वरिष्ठ नेता नेपालले अर्को पार्टी गठन गर्न लागेको कालोल भट्टाचार्जीद्वारा लिखित समाचारमा ‘नेता नेपालले मार्च दोस्रो साता (फागुन अन्तिम साता) नै मार्क्सवादी र लेनिनवादीहरूलाई संगठित गरेर नयाँ राष्ट्रिय पार्टी बनाउने निर्णय लिएको’ उल्लेख थियो। 

त्यसको तीन दिनपछि, चैत २१ (अप्रिल ३) मा द हिन्दूमै ‘माधवकुमार नेपाल : अ पोलिटिकल गेम अफ चिकेन’ शीर्षकमा उनको प्रोफाइल प्रकाशित भयो।

भारतमा दिल्लीको संस्थापनइतर मानिने पत्रिकाले तीन दिनको अन्तरमा माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्न लागेको समाचार ‘ब्रेक’ गरेर उनको प्रोफाइलसमेत छाप्नु संयोग मात्रै हुनसक्ला। तर, ‘प्रोफाइल स्टोरी’मा नयाँ पार्टीमा नेपालको स्थिति आकलन गरिए भन्दा बलियो हुनसक्ने प्रक्षेपणसमेत गरिएको छ। र, एमालेका तत्कालीन (दिवंगत) महासचिव मदन भण्डारीसँगै नेपाललाई पनि ‘आजको एमालेको लोकतान्त्रिक छबि निर्माणमा महत्वपूर्ण योगदान गर्ने’ व्यक्तिका रूपमा चित्रित गरिएको छ।

छिमेकका प्रभावशाली मिडियाको यसखाले चासो जस्तै यतिखेर आमरूपमा पनि के माधवकुमार नेपालले नयाँ पार्टी खोल्लान्? अनि उनले गठन गर्ने पार्टी कस्तो होला? भन्ने कौतुहल धेरै छ। नेपालले गठन गर्न सक्ने अबको पार्टी कस्तो होला भन्ने चर्चा गर्नुअघि उनले एमाले छाडेर अर्को पार्टी बनाउलान् या नबनाउलान्, अहिलेको एमाले फुट्ला या नफुट्ला भन्नेबारे चर्चा गरौं।

के फुट्दै छ एमाले?
एमाले अध्यक्ष ओलीले वरिष्ठ नेता नेपालसँगै उपाध्यक्ष भीम रावल, उप-महासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ‘पार्टी हितविरोधी गतिविधि गरेको’ आरोप लगाएर पार्टीको साधारण सदस्यबाट समेत ६ महिनाका लागि निलम्बन गरेका छन्। यसै त फुटतर्फ उन्मुख एमालेमा यो ‘कारबाही’को घटनाले झनै ठूलो हलचल ल्याएको छ। नेपाल र अर्का वरिष्ठ नेता झलनाथ खनालले नेतृत्व गरेको समूहले केन्द्रदेखि जिल्लासम्मै समानान्तर कमिटी, संगठन र संरचना निर्माण तीब्र पारेको छ। यसलाई एमाले विभाजन वा नयाँ पार्टी गठनअघिको पूर्वाभ्यासका रूपमा समेत हेरिँदैछ।

तर, बेग्लै पार्टीका लागि आवश्यक हरेक अभ्यास अघि बढाए पनि नेपालपक्षका नेताहरूले एमाले विभाजन गर्न नचाहेको, नखोजेको बताउँदै आएका छन्। गत सोमबार नेपाल लाइभसँगको अन्तर्वार्तामा नेता घनश्याम भुसालले पनि एमालेको एकताकै पक्षमा रहेको दाबी गरे। ‘हामी एकतामा लागिरहेका छौं, यो कुरा तपाईंहरु सबैले देखिरहनुभएकै छ। त्यसैले उहाँहरूका कारणले, अझ उहाँ (ओली)का कारणले बाहेक पार्टी विभाजन हुँदैन’, भुसालको भनाइ थियो, ‘उहाँलाई उचालिरहेको, बल दिइरहेको तल एउटा पंक्ति तयार भएको छ। त्यो दलाल पुँजीपतिहरूको पंक्ति भन्छु मैले। तिनले पालेका अरु केही सामाजिक लम्पटहरु तयार भएका छन्। त्यसको बलमा ओलीजीले यो सबै काम गर्दै हुनुहुन्छ। बीचको राजनीतिक तहले फुटको लागि सोचिरहेको छ, प्रयत्न गरिरहेको छ, हामीलाई लखेट्न खोजेको छ भन्ने टुंगोमा म अझै पुगेको छैन।’

भुसाल जस्तै नेपालपक्षका नेताहरू औपचारिक रूपमा एमाले विभाजन गर्न लागेको वा नयाँ पार्टी गठन गर्न लागेको स्वीकार गर्दैनन्। सर्वोच्चको फैसलाबमोजिम एमालेको पुनर्गठन गरिने, त्यसका लागि देशव्यापी अभियान सञ्चालन गरिरहेको उनीहरूको तर्क हुने गर्छ। अनौपचारिक कुराकानीमा भने उनीहरू नयाँ पार्टी गठनको विकल्प नभएको र ढिलोचाँडो त्यो निर्णय हुने बताइरहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

ब्युँतिएपछिको एमालेमा सबभन्दा ठूलो ‘लफडा’ निम्त्याएको दिन हो, फागुन २८। त्यसदिन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाल-झलनाथ खनालपक्षलाई जानकारी नदिई बालुवाटारमा आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेका थिए। त्यही बैठकलाई केन्द्रीय कमिटीको बैठक नाम दिएर उनले नेपाल-खनालपक्षका नेताहरूको जिम्मेवारी खोसेर त्यो जिम्मेवारी आफूनिकटलाई दिने, माओवादीबाट आएका नेताहरुलाई एमालेको केन्द्रीय कमिटीमा भित्र्याउनेलगायत निर्णय गरे।

नेपाल–खनालपक्षले त्यसदिन भएका निर्णय खारेजीलाई बटमलाइन’ बनाएको छ। तर, ओलीले त्यसलाई पुनर्विचार नै हुन नसक्ने प्रतिष्ठाको विषय बनाएका छन्। ‘यसले के देखाउँछ भने एमाले अब दुइटा पार्टी बन्ने बाटोमा हिँडिसकेको छ, यसमा दुइमत छैन’, राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले भने, ‘कुनै चमत्कार भए बेग्लै कुरा, नभए यो स्थिति बदलिने सम्भावना म देख्दिनँ।’ 

कस्तो होला त माधव नेपालको पार्टी?
सर्वोच्चको फैसलायता ओली जुन रूपमा अघि बढ्दैछन्, त्यो हेर्दा उनले नेतृत्व गरेको एमालेमा नेपाल–खनाल पक्ष कमजोर देखिन्छ। त्यहीकारण पनि यो पक्षले एमाले २०७५ जेठ २ (माओवादीसँग एकीकरण हुनुअघि)को अवस्थामा फर्कनुपर्ने अडान राखिरहेको छ। यसको प्रमुख कारण राजनीतिक दलसम्बन्धी मौजुदा कानुनी व्यवस्थाले नेपाल-खनालपक्ष विधिवत रूपमा पार्टी विभाजन गर्न समस्यामा पर्छ भन्ने आकलन हो। त्यसको निहितार्थ चाहिँ अर्को दुई पार्टी बन्दा पार्टीको नाम (एमाले) र चुनाव चिन्ह (सूर्य) गुम्ने भय पनि हो।

तर, पछिल्लो समय नेपाल-खनाल समूह यस्तो मनोविज्ञानभन्दा अगाडि बढिसकेको देखिन्छ। ‘अलग हुँदा सांसद पद गुम्छ या चुनाव चिन्ह पाईंदैन भन्ने कुरा तपसिल हुन्, हामीले हेर्ने अहिलेको लाभहानि भन्दा अर्को निर्वाचन हो’, नेपालनिकट एक नेता भन्छन्, ‘त्यसकारण ढिलोचाँडो हामी अलग पार्टीका रूपमा अगाडि बढ्ने नै हो।’

त्यसरी गठन हुने पार्टी चाहिँ कस्तो बन्ला? अनि त्यो पार्टी ओलीले नेतृत्व गरेको एमालेभन्दा के कुरामा फरक होला? अहिलेको एमाले तत्कालीन महासचिव मदन भण्डारीको ‘लिगेसी’ बोकेर यहाँसम्म आइपुगेको हो। कम्युनिस्ट दर्शनबाट दीक्षित एमाले र यसको नेता-कार्यकर्ता पंक्तिलाई बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा डोर्‍याउने काम भण्डारीले नै गरेका थिए, आफूले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)मार्फत्।

‘जबज’लाई मार्गदर्शक सिद्धान्त मानेर एमाले लोकतान्त्रिक अभ्यासमा अब्बल पार्टीका रूपमा स्थापित भयो। दासढुंगा दुर्घटनामा भण्डारी दिवंगत भएपछि उनले दिएर गएको ‘जबज’लाई एमालेको सिद्धान्तको रूपमा अभ्यास गर्दा नेपाल नै एमालेको नेतृत्वमा थिए। भण्डारीपछि लगातार १५ वर्ष उनले एमालेको नेतृत्व गरे।

जबजको आधारभूत मर्म नै हो- अल्पमतका कुरा सुन्ने र बहुमतले निर्णय गर्ने। ओलीले एमालेदेखि नेकपामा समेत यसको पालनामा ‘रुचि’ देखाएनन्।

जानकारहरू भन्छन्- नेपालले नेतृत्व गर्ने अबको पार्टी मुलतः जबजलाई मार्गदर्शक सिद्धान्त मानेको एमाले जस्तै हुनेछ। प्राध्यापक कृष्ण पोखरेलले पनि सिद्धान्त र विचारका हिसाबले नेपालको (अब बन्ने) पार्टी हिजोको एमालेभन्दा भिन्न नहुने बताए। र, त्यो ओलीको नेतृत्वमा रहने पार्टीभन्दा धेरै कुरामा फरक हुने उल्लेख गरे। ‘ओली पूर्णतया निरंकुश कार्यशैली अंगालेका नेताको रूपमा स्थापित भए, जति नै आन्तरिक लोकतन्त्रका कुरा गरे पनि त्यो त उनलाई पदमा पुर्‍याउन लगाइएको नारा मात्र रहेछ’, प्रा. पोखरेलले भने, ‘पार्टीभित्र नेताहरूले अभ्यास गर्ने जुन अटोनोमी हुन्छ, त्यसलाई उनले एकलौटी ठाने। ओली नक्कली लोकतन्त्रका हिमायती मात्र रहेछन् भन्ने अहिले आएर प्रमाणित भयो।’

जबजको आधारभूत मर्म नै हो- अल्पमतका कुरा सुन्ने र बहुमतले निर्णय गर्ने। ओलीले एमालेदेखि नेकपामा समेत यसको पालनामा ‘रुचि’ देखाएनन्। बरु कार्यशैलीगत रूपमा नेपाल–खनालपक्ष यसमा धेरै भिजेको देखिन्छ। ‘माओले नै कुनैबेला सबै विचारहरूलाई बढ्न देऊ भन्थे, माधव नेपाल र झलनाथले गठन गर्ने एमालेमा विचार एउटै भए पनि त्यसभित्र फरक-फरक सोचले खेल्ने ठाउँ पाउनुपर्छ भन्ने अभ्यास हुन्छ जस्तो लाग्छ’, प्राध्यापक पोखरेलले भने, ‘त्यसले त्यो पार्टीलाई तात्विक रूपमा ओलीको एमालेभन्दा भिन्न क्लेबरमा खडा गर्छ। र, त्यसले अरु वाम पार्टीहरूसँगको सहकार्यका लागि पनि अलि बढी फराकिलो सोच लिएर जान्छ जस्तो लाग्छ।’

कतिपयका भनाइमा हिजोको एमालेको ‘फ्लेबर’ नेपाल-खनालले नेतृत्व गर्ने अबको पार्टीमा देखिनेछ। किनभने त्यसो गर्न नेपाल–खनालका लागि सजिलो छ, ओलीका लागि भने सम्भवतः निकै अप्ठेरो। ‘ओली आफू व्यक्तिका रूपमा मात्र स्थापित हुन चाहन्छन्, उनी हिँड्न खोजेको बाटो मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तविपरीत छ, उनले मदनले कोरेको बाटो नै भत्काउनुपर्छ’, नाम उल्लेख गर्न नचाहने एमालेका एक नेताले भने, ‘जबकि, माधव नेपालहरूका लागि मदन हिँडेको त्यो बाटोमा हिँड्न कुनै असहजता छैन। उनको पार्टीको आधारभूत भिन्नता पनि यही हुनेछ।’

व्यवहारले नै देखाइसकेको छ, ओली आफ्नो आलोचना मात्र होइन आफूमाथि गरिने प्रश्न सुन्न पनि चाहँदैनन्। प्रश्न गर्नेहरूलाई ठेगान लगाउने उनको प्रयत्न हुने गर्छ। ओलीको कारबाहीमा परेका एमाले उप-महासचिव घनश्याम भुसालको टिप्पणी छ, ‘मलाई त ओलीजीले माओवादीसँग एकीकरण गर्नुभन्दा अगाडि नै तत्कालीन एमालेबाटै निकाल्न चाहनुहुन्थ्यो। त्यसको एउटै कारण थियो, मैले प्रश्न गर्न छाडिनँ।’

आफूलाई ‘जबज’ पक्षधर देखाउने प्रयत्न गरे पनि मदन भण्डारीको बाटोमा हिँड्न कठिन हुने संकेत ओलीले आफ्नो व्यवहारबाटै देखाइरहेका छन्। त्यसको पछिल्लो उदाहरण हो, एमालेको पार्टी कार्यालय। मदननगर, बल्खुमा रहेको एमाले मुख्यालय २०७२ सालको भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानको भवनलाई पार्टी मुकाम बनाएको थियो। त्यसयताका ६ वर्षसम्म बल्खुको भवन निर्माणमा उनको रूचि देखिएन। बरु, धुम्बाराहीको कार्यालय थापाथलीस्थित एक व्यापारीको घरमा सार्ने निर्णय उनले गराइसकेका छन्। ‘त्यसको कारण उहाँलाई मदननगरको नामले झस्काएको देखिन्छ’, एमालेका ती नेताले भने। 

राजनीतिशास्त्री, प्रा. पोखरेल त ओलीले मदन भण्डारीलाई भर्‍याङ मात्र बनाएका रहेछन् भन्ने देखिएको टिप्पणी गर्छन्। ‘मदनले नै प्रतिपादन गरेको जबजलाई मार्गनिर्देशक सिद्धान्त मानेपछि त्यहाँभित्र त्यही विचारका पनि बहुपक्ष, बहुसोच अटाउनुपर्‍यो नि! त्यो कुरालाई ओलीले पूर्णतः निस्तेज गरे, हुकुमी शैलीबाट पार्टी सञ्चालन गर्ने सोच बनाए’, पोखरेलले भने, ‘माधव नेपाल र झलनाथ खनालपक्ष ओलीले डाकेको संसदीय दलको बैठकमा गएरै आफ्ना कुरा राख्यो। तर, ओलीनिकटका, हिजो प्रचण्डसँग अलिकति मतभेद हुँदा एकता बचाउन भन्दै लाग्ने नेताहरू आज किन चुपचाप, निस्तेज बने? एमालेमै विभाजनको रेखा देखिँदा उनीहरूको पहलकदमी किन देखिएन? किनभने, ओलीको निरंकुश शैलीका अगाडि त्यहाँभित्र पनि पार्टी एकता चाहनेहरू आवाजविहीन भएर बसेका छन्।’

प्रा. पोखरेलले यस्तो अवस्था नेपाल-खनालको पार्टीमा भने नहुने बताए। तर, के नेपालको पार्टी हिजोको एमाले जस्तो मात्रै भएर टिक्न सक्ला? वैचारिक आधार जबजलाई मानेर अघि बढे पनि संगठनात्मक आधार कस्तो होला? अहिलेकै एमाले पंक्तिका कस्ता नेता र कार्यकर्ताले उनलाई साथ देलान्? नेपालपक्ष स्वयम् यसमा प्रष्ट देखिएको छैन। नेपाल-खनालपक्षमै रहेका एमालेका एक नेताले नयाँ बन्ने पार्टीमा सबै कुरा पूरानै हुने तर सम्पूर्ण ऊर्जा भने ‘नयाँ हौं’ भन्नेमा खर्च हुने जोखिम रहेको बताउँछन्।

‘हामी ओलीभन्दा फरक हौं भन्नेमै सम्पूर्ण ऊर्जा सकिने भो जबकि हामी मार्क्सवाद-लेनिनवाद, त्यही जबज, त्यही संगठन लिएर अघि बढ्ने हो। नयाँ पार्टीमा नहुने भनेको ओलीको जस्तो कार्यशैली मात्र हो’, उनले भने। 

एमाले नै रहने सम्भावना कति? 
नेपाल–खनालपक्षमा रहेका एमालेका कतिपय नेताहरूले समानान्तर गतिविधि एमाले फुटाउने नभइ एमालेलाई एकतावद्ध बनाउने अभियान भएको दाबी पनि गरिरहेका छन्। देशैभर समानान्तर गतिविधिमार्फत् ओलीलाई ठेगान लगाउने विन्दुमा पुर्‍याउन सकिने उनीहरूको विश्लेषण छ। 

नेपाल आफ्नो अलग्गै पार्टी लिएर अघि बढ्न मात्र चाहन्छन् या आउँदो निर्वाचनसम्म यस्तो गठबन्धन गरेर वा वामपन्थीहरूबीच एकता, खासगरी नेकपा माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्न चाहन्छन् भन्ने केही स्पष्ट छैन।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले पनि नेपाल-खनाल पक्षले छुट्टै पार्टी बनाउने अभ्यास नभएर समानान्तर एमाले नै बनाएको टिप्पणी गरे। ‘समानान्तर कमिटी र संगठन बनाउन थालेपछि केपी ओलीको बोल्ती बन्द भएको छ’, आचार्यले नेपाल लाइभसँग भने। 

त्यसो भए समानान्तर गतिविधिले एमालेलाई एकतावद्ध बनाउनेतर्फ लैजालान् त? प्रा. कृष्ण पोखरेल भने त्यस्तो सम्भावना देख्दैनन्। कम्युनिस्ट पार्टी भनेपछि कम्युनिस्ट विचारधारा स्वीकारेर हिँड्ने हुनुपर्ने उल्लेख गर्दै उनले समयक्रममा (ओलीले नेतृत्व गरेको) यो पार्टी विचारबाट हदैसम्म च्युत भइसकेको र ‘जता सूर्य चिन्ह त्यतै एमाले’ भन्ने अवस्थामा पुगेको टिप्पणी गरे।

‘चिन्ह कहिलेदेखि कम्युनिष्ट पार्टीको विचारसँग जोडियो? २०१५ सालको चुनावमा कम्युनिस्टको चुनाव चिन्ह तीनवटा मकैको घोगा थियो, चिन्ह भनेको त मतदातालाई चिन्न सजिलो होस् भनेर मात्र छानिने हो’, उनले भने, ‘जोसँग जबज हुन्छ त्योसँग म रहन्छु, जोसँग कम्युनिष्ट विचार रहन्छ त्योसँग म रहन्छु भन्नुपर्ने होइन?’

एमालेमा भएको विचाराधारात्मक क्षयले त्यो सम्भावना नरहेको उनले बताए। भने, ‘यस्तो सोचले अहिले पार्टी ठूलो ओलीको बन्ला तर, माधव नेपाल पक्षको पार्टीले बोकेर हिड्ने भनेको अन्य वाम पार्टीसँगको सहकार्य र उस्तै पर्‍यो भने उनीहरूसँग एकीकरण हो। त्यो ढंगले अघि बढ्यो भने यही पार्टी निर्वाचनबाट ठूलो पार्टी बन्न सक्ने सम्भावना पनि उत्तिकै छ।’

यस्तो सम्भावना चाहिँ कसरी नि?

‘यो अलि महत्वाकांक्षी सोचाइ पनि हुनसक्ला, तर जसपा जसरी विभाजनउन्मुख भएर अगाडि बढ्दै छ, त्यो विभाजन भयो भने चुनावका बेला हिजोका कम्युनिस्ट दृष्टिकोण भएका बाबुराम, उपेन्द्र, अशोक राई अनि माधव, झलनाथ, प्रचण्डहरूको वामलोकतान्त्रिक मोर्चा बन्नसक्ने सम्भावना मैले देखेको छु’, प्रा. पोखरेलले भने, ‘त्यो बाटोमा अग्रसर भयो भने आउने चुनावमा कांग्रेस पहिलो पार्टी बन्ला, यो दोस्रो पार्टी बन्न सक्छ।’ 

कसरी पन्छाउलान् चुनौतीका यी पहाड
तर, नेपाल आफ्नो अलग्गै पार्टी लिएर अघि बढ्न मात्र चाहन्छन् या आउँदो निर्वाचनसम्म यस्तो गठबन्धन गरेर वा वामपन्थीहरूबीच एकता, खासगरी नेकपा माओवादी केन्द्रसँग एकता गरेर अघि बढ्न चाहन्छन् भन्ने केही स्पष्ट छैन। यसमा अन्य पार्टीसँग उनको पार्टीको सम्बन्ध कस्तो होला भन्ने कुराले पनि अर्थ राख्नेछ।

अहिले भइरहेका अभ्यास र तयारीले देखाउँछन्- नेपाल–खनालको पार्टी ‘नयाँ एमाले’को दिशामा अघि बढेको छ। तर, यही नै यो पार्टीको अर्को प्रमुख चुनौती हुनेछ। ‘२०५४ सालमा गठन भएको तत्कालीन माले २०५६ सालसम्म पनि टिक्न नसक्नुको कारण त्यो भाइ एमाले भएरै हो, अब पनि हामी बन्ने भनेको भाइ एमाले हो’, नेपालनिकट ती नेताले भने, ‘मलाई व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने अब माधव–झलनाथ कमरेड एमाले फुटाएर माओवादीसँग गएर एकता गर्नुपर्छ, त्यो भनेको अलि फरक पार्टी हो। यद्यपि, त्यहाँको राजनीतिमा स्थापित हुन सकिन्छ या सकिन्न भन्ने प्रश्न सँगै छ। होइन भने त नयाँ एमाले भन्दा पूरानो एमालेमै रहेर धेरै कुरा सुधार्न सकिन्छ।’

अहिले हेर्दा नेपाल पूरानै एमालेमा पनि नरहने र उनको अब बन्ने पार्टी तत्कालै माओवादीसँगको एकतामा गइहाल्ने सम्भावना देखिएको छैन। यो पार्टीलाई त्योभन्दा ठूलो चुनौती भूराजनीतिको हुनेछ। किनभने आन्तरिक राजनीतिमा भूराजनीति यति विघ्न हावी भइसकेको छ कि त्यसलाई पन्छाउन असम्भवप्रायः छ। के नेपाल–खनालको पार्टीले भूराजनीतिमा अनुकुलता पाउला? ‘भूराजनीतिक परिस्थिति कस्तो होला भनेर अहिल्यै केही भन्न सकिन्न’, नेपालनिकट अर्का एक नेता भन्छन्, ‘हामीले अहिले भन्न सक्ने चाहिँ अनुकुलता मिल्न सक्छ भन्ने मात्र हो।’

अहिले हेर्दा नेपाल पूरानै एमालेमा पनि नरहने र उनको अब बन्ने पार्टी तत्कालै माओवादीसँगको एकतामा गइहाल्ने सम्भावना देखिएको छैन।

ती नेताका भनाइमा नेपालको भूराजनीतिका प्रमुख खेलाडी भारत र चीन यतिबेला नेपालको अब बन्ने पार्टीप्रति ‘अनफेबरेबल’ देखिएका छैनन्। ‘भारतको एउटै मात्र नभएर दोहोरो र तेहेरोसम्मको रणनीति-भूमिका हुन्छ, अहिले उसले ओलीजीलाई पूरापूर साथ दिएको जगजाहेर छ, महन्थ ठाकुरको भूमिकाबाटै त्यो प्रष्ट छ’, ती नेताले भने, ‘अर्कोतर्फ उसले माधव नेपालमाथि ओलीबाट ठूलो अन्याय भयो पनि भनिरहेको छ। भारत ओली सरकारसँग खुशी छैन, सँगै ओलीको सरकार अहिले जोगिएको पनि भारतकै कारणले हो। त्यसकारण उसले के गर्छ भन्न सकिन्न।’ उनले भारतले नेपालमा विश्वास गर्ने नेता भने माधव नेपाल नै भएको दाबी गरे।

ती नेताको विश्लेषणमा ‘ओलीकै कारण नेपालमा कम्युनिस्ट एकता टुटेको’ उत्तरी छिमेकी चीनको बुझाई छ। तर, ओलीले ‘भारतको स्वार्थमा प्रचण्ड र माधव नेपालहरूले आफ्नो सरकारलाई अप्ठेरोमा पारेको’ ब्रिफिङ दिएकाले बेइजिङ केही अन्योलमा परेको उनले बताए। ‘तर, चीनले पनि माधव नेपाललाई कुनै न कुनै रूपमा इंगेज्ड नै गरिरहेको छ’, उनले भने।

यो पार्टी अब कस्तो बन्ला र भूराजनीतिको असर यसमाथि कस्तो पर्ला? सम्भवतः यीनै कुराले नै माधव नेपाल–झलनाथ खनाल र उनको पक्षको भावी राजनीति पनि निर्धारण गर्नेछन्। 

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १९:१४
  • #केपी_ओली
  • #नेकपा_एमाले
  • #माधव_कुमार_नेपाल
  • #एमाले_विवाद
  • #नयाँ_पार्टी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामेश्वर बोहरा
बोहरा नेपाल लाइभका सम्पादक हुन्।
लेखकबाट थप
लोभ–डर–लोकरिझ्याइँ जितेका प्राज्ञको गुमनाम महाप्रस्थान
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग ३)
के नेपालका पार्टीहरु मर्दैछन्? (भाग २)
सम्बन्धित सामग्री
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा उनीहरूले सरकारले कुनै निर्णय नगरी निर्देशन दिएको भए त्यसको कार्यान्वयन नगर्न अनि निर्णय गरेको भए निर्णय समेत बदर गर्न माग राखेका हुन... शुक्रबार, वैशाख ११, २०८३
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी बस्तीमा डोजर चलाउन रोक्न माग गर्दै सुकुमबासी वनस्थलीस्थित घन्टीघर पुगेका हुन् । रास्वपा केन्द्रीय कार्यालयमा सुकुमबासी जानुअघि नै सु... शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति काठमाडौं महानगरपालिकाले सुकुम्वासी बस्तीहरू खाली गराउन सुरु गरेको सक्रियताप्रति अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टर... शुक्रबार, वैशाख ११, २०८३
ताजा समाचारसबै
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति शुक्रबार, वैशाख ११, २०८३
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी प्रहरी नियन्त्रणमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्