काठमाडौं- प्रतिनिधिसभाको बिहीबारको बैठकमा सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुने भनी प्रकाशित गरिएको सम्भावित कार्यसूची परिवर्तन भएको छ। अन्तिम कार्यसूचीमा सो विधेयक प्रतिवेदन हटाइएको छ।
बुधबारै प्रकाशित सम्भावित कार्यसूचीमा ‘सूचना प्रविधिसम्बन्धी विधेयक’को प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले प्रस्तुत गर्ने उल्लेख थियो। सो विधेयक समितिबाट पारित भएको १५ महिनापछि प्रतिनिधिसभाको बैठकमा पेस हुन लागेको थियो।
२०७५ फागुन २ गते प्रतिनिधिसभामा पेस भएको सो विधेयकलाई समितिको २०७६ पुस १३ गते बहुमतबाट पारित भएको थियो। तर, सर्वत्र आलोचना खेपेको सो विधेयक समितिबाट पारित भए पनि संसद् बैठकमा पेस गरिएको थिएन।
बिहीबार संशोधन गरेर प्रकाशित गरेको कार्यसूची:
बुधबार प्रकाशित कार्यसूची:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।