काठमाडाैं- अभिनेता पल रिटरको निधन भएको छ। ब्रेन ट्युमरसँग लडिरहेका उनको सोमबार साँझ निधन भएको हो।
५४ वर्षीय रिटरको निधनको पुष्टि उनकै टिमले गरेकाे हाे। टिमका अनुसार उनले यो रोगको बारे गुपचुप नै राखेका थिए।
‘ह्यारी पोटर’ र ‘द हाल्फ–प्रिन्स’ जस्ता चर्चित फिल्मा अभिनय गरेका रिटरले करियरमा निकै चर्चित र यादगार भूमिकाहरु निभाएका छन्।
उनको निधनले उनका प्रशंसक र अन्यलाई स्तब्ध बनाएको छ। उनको निधनको खबरसँगै हलिउड कलाकारहरुले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।