काठमाडाैं- निर्माता माधव वाग्लेले फिल्म निर्देशनमा ‘डेब्यू’ गर्ने भएका छन्। उनले फिल्म विवेकको निर्माण घोषणा गर्दै यसैबाट निर्देशनमा ‘डेब्यू’ गर्न लागेका हुन्।
फिल्ममा बिपिन कार्की र स्वस्तिमा खड्काको मुख्य भूमिका रहनेछ। अन्य कलाकार भने अडिसनबाट छान्ने माधवले जनाकारी दिए। त्यसैका लागि मधेशी पात्रका लागि चैतको २८ गते प्रदेश नम्बर २ मा अडिसनको तयारी गरिएको छ।
तराईको कथा भएकाले त्यतैको कलाकार खोजी भइरहेको उनको भनाई छ। फिल्म तराईकै बिभिन्न भागमा छायांकन हुनेछ। जेठदेखि छायांकनमा जाने फिल्म नेपाली भाषामा मात्रै नभइ मैथिली र भोजपुरीमा पनि बन्नेछ। यसको कथा लोकनाथ कोइरालाले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।