काठमाडौं- साेमबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू:
१) संविधानले हिँड्न भनेको बाटो हिँड्नु नै वाञ्छनीय हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भनाइ, प्रधानमन्त्रीको राजीनामा माग्नेहरुलाई संविधानसम्मत तरिकाले अघि बढ्न सुझाव ।
२) नेपाल–खनाल समूहको समानान्तर कमिटीमा बस्नेलाई पनि कारवाही गर्ने नेकपा एमालेका सचेतक विशाल भट्टराईको चेतावनी, समानान्तर कमिटी गठन गर्ने कार्य स्वीकार्य नहुने स्पष्टोक्ति ।
३) काठमाडौंसहित देशभरि फेरि बढ्यो वायु प्रदूषण, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन जनस्वास्थ्य विज्ञको सुझाव, बालबालिका, गर्भवती महिला, दीर्घरोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल गर्नुपर्ने ।
४) बेलायत सरकारले ल्याएको नयाँ विधेयकविरुद्ध भएको प्रदर्शनमा सयभन्दा बढी पक्राउ, प्रस्तावित कानुनले इग्ल्याण्ड र वेल्समा हुने हिंसात्मक प्रदर्शनलाई रोक्न प्रहरीलाई थप शक्तिशाली बनाउने अनुमान ।
५) र, ललितपुर मेयर महिला च्याम्पियनसिप टि–२० क्रिकेट प्रतियोगितामा प्रदेश १ को शानदार जित, लुम्बिनी प्रदेश १० विकेटले पराजित, कप्तान रुविना र काजल श्रेष्ठको उत्कृष्ट प्रदर्शन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।